सरोकारवालाहरु बिच चौमासिक अन्तरक्रिया

मेचीकाली संवाददाता

१२ मंसिर २०७९, सोमबार
185 shares

बसन्ती आचार्य

कपिलवस्तु । ‘सभ्य समाजको पहिचान, लैगिंक हिंसा बिरुद्धको अभियान’ भन्ने राष्ट्रिय नाराका साथ महिला सहकारी संस्था, निगरानी समूह, महिला बालबालिका समिती र सरोकारवाला बीच लैंगिक हिंसा, सामाजिक कुरिती, कुप्रथा,बालविवाह बिषयक चैमासिक अन्तरक्रिया गरिएको छ । १६ दिने लैंगिक हिंसाको अवसरमा बाणगंगा नगरपालिकाको आयोजनामा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरीको अध्यक्षतामा सरोकारवालाहरु बिच उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बिभिन्न सहकारी , संस्थाहरुले आ आफ्नो संस्थाले गरेका कार्यहरुको विवरण प्रस्तुत गरेका थिए । नगरपालिका वडा नं. ६ का न्यामिक समितीका निर्मला अधिकारी , वडा स्तरिय निगरानी समितीका टोपकला बिसी , अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रतिनिधी पार्वती आचार्य , बिहानी महिला उद्यमी कृषि सहकारी संस्थाका तुल्सा थापाले संस्थाले गरेका प्रगती विवरणहरु प्रस्तुत गरेका थिए ।

यस्तै महिला बचत मिरमिरे सहकारी संस्थाका सरस्वती राना ,सहयोगी महिला बहुउद्देश्यीय सहकारीका सुनिता सेन , बिद्या शर्मा , नव ज्योति महिला व्यवसायीक सहकारीका सगरानी चौधरी , दिव्य ज्योति महिला सहकारी , वडा नं. १० का सुनिता बोभाजु , बुद्ध दर्शन कृषि महिला सहकारी संस्था लिमिटेडका प्रतिनिधी , घरघरमा शिक्षा आत्मनिर्भर बिकास संस्थाका कमल सिंह थापा लगाएतले संस्थाले गरेका चौमासिक कार्य प्रगती विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रम बाणगंगा नगरपालिकाका उपमेयर रिता कुमारी चौधरीको अध्यक्षतामा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राज कुमार तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नगरिक शाखा प्रमुख शुसिला पन्थको सहजीकरण तथा सहायक महिला बिकास निरिक्षण भगवती आचार्य शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रममा बिभिन्न संस्थाका प्रतिनिधीहरु , न्यायीक समितीका पदाधिकारीहरु , निगरानी समितीका पदाधिकारी संचारकर्मी र महिला अधिकारकर्मीहरु लगएतको सहभागिता रहेको थियो ।