स्टडी इन क्यानडा सेमिनार बुटवलमा सम्पन्न

मेचीकाली संवाददाता

१६ मंसिर २०७९, शुक्रबार
232 shares

बुटवल । क्यानेडिएन स्टडी सेन्टर र बिबिसी एजुकेशन प्रालि बुटवलको संयुक्त आयोजनामा शुक्रबार बुटवलमा स्टडी इन क्यानडा सेमिनार सम्पन्न भएको छ । क्यानडा अध्ययनका लागि जान इच्छुक विद्यार्थीका लागि सहजीकरण गर्न सेमिनार आयोजना गरिएको हो ।

क्यानेडियन स्टडी सेन्टर क्यानडा कार्यालयका सिइओ हरि अधिकारीले सेमिनारमा अध्ययनका लागि क्यानडा जान इच्छुक विद्यार्थीलाई अध्ययनका फाइदा, अवसर र डकुमेन्ट बारे प्रशिक्षण दिएका थिए । सेमिनारमा ३०० विद्यार्थी सहभागी थिए ।
सेमिनार मार्फत विद्यार्थी तथा अभिभावकहरुले क्यानडा अध्ययनका लागि आवश्यक सम्पूर्ण सूचना तथा जानकारी प्रत्यक्ष रूपमै विद्यार्थीलाई दिइएको बिबिसी एजुकेशन प्रालिका म्यानेजिङ डाइरेक्टर डिबी रायमाझी बताए । रायमाझी पछिल्ला वर्ष क्यानडा विद्यार्थीका प्रमुख रोजाइमा परेको बताए ।

त्यस्तै सिआइसी एजुकेशन हव काठमाडौंका म्यानेजिङ डाइरेक्टर दीपेश केसीले क्यानडाका शैक्षिक संस्थाको गुणस्तर, खर्च, भिसा पोलिसी, अंगे्रजी भाषाको दक्षता सम्बन्धी विद्यार्थीले राखेका जिज्ञासा सहज रूपमा सहजीकरण गरिएको बताए । कार्यक्रमको सञ्चालन बिबिसी एजुकेशनका काउन्सिलर टिना परियारले गरेकी थिइन । सेमिनारमा सहभागीका लागि निःशुल्क गरिएको थियो । बिबिसीले समय समयमा सेमिनार कार्यक्रम गर्दै आएको छ ।