प्रथम बाणगंगा नगरस्तरीय खुला महिला ब्याडमिन्टन प्रतियोगिताको उपाधी कर्मचारीलाई

मेचीकाली संवाददाता

१७ मंसिर २०७९, शनिबार
258 shares

बसन्ती आचार्य
कपिलवस्तु । सञ्चारीका समुह नेपाल कपिलवस्तुको आयोजना तथा बाणगंगा नगरपालिकाको सहयोग तथा समन्वयमा सुरु भएको प्रथम बाणगंगा नगर स्तरीय खुला महिला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कर्मचारी समूहले प्रथम स्थान हासिल गर्न सफल भएको छ । यस्तै दोस्रो र तेस्रो स्थान पनि वाणगंगा नगरपालिकाकै कर्मचारि समुहले हात पारेको छ भने खेलमा सान्त्वना स्थानमा जनप्रतिनिधि समुह भएका छन् ।

खेलकुद अनुशासन र राष्ट्रभक्ति, समृद्ध बाणगंगा नगरका लागि स्वस्थ जनशक्ति’ भन्ने मूल नाराका साथ १६ दिने लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा नगर स्तरिय खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको हो । बाणगंगा नगरपालिकाको बुद्ध रंगशालामा आयोजित प्रतियोगितामा खेल निकै प्रतिस्प्रधामा पुगेको थियो । आज १७ गते सेमि फाइनल र फाइनलका जम्मा ८ टिमको प्रतिस्पर्धा रहेको थियो ।

प्रतिस्पर्धामा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारि, सञ्चारीका समुह, विभिन्न सहकारी, विद्यालय तथा संघ संस्थाबाट महिला खेलाडीहरुले प्रतिनिधित्व गरेका थिए । जम्मा १६ टिमको सहभागीता रहेको उक्त प्रथम नगर स्तरीय खुला महिला ब्याडमिन्टन प्रतियोगिताको अन्तिम खेलमा निकै उत्साहजनक थिए । खेलमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने टिमले नगद, मेडल, शिल्ड, र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रथम, द्वीतीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने खेलाडीहरुलाई मंसिर २३ गते पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।