बिहानी सामाजिक उद्यमी महिला कृषि सहकारीको साधारणसभा

मेचीकाली संवाददाता

१७ मंसिर २०७९, शनिबार
391 shares

कपिलवस्तु । बाणगंगा नगरपालिका ५ कोपवास्थित बिहानि सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधरणसभा सम्पन्न भएको छ ।

शुक्रबार साधरणसभालाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले सहकारी संस्थासँग सहकार्य गर्दै सामाजिक काममा सहयोग गर्न तयार रहेको बताइन । बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता चौधरीले पछिल्लो समयमा महिला मात्र नभइ पुरूषहरू पनि हिंसामा परेको बताइन् । सम्पूर्ण महिला दिदीबहिनीहरूलाई उद्यमी बन्दै आत्मनिर्भर बन्नुपर्नेमा जोड दिदै कार्यक्रमका लागि प्रस्ताब लिएर आएमा उचित मुल्यांकन गरि सम्बोधन गर्ने प्रतिबद्धता जनाइन ।

साधरणसभामा बोल्दै बाणगंगा नगरपालिका कृषिशाखा प्रमुख लेसबहादुर केसीले संस्थाको प्रगतिको प्रशंसा गर्दै सम्पूर्ण कृषकहरूलाई तरकारी खेतीमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए । उनले कृषि शाखाबाट प्राप्त हुने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बोल्दै माउण्ट एभरेस्ट सहकारीका अध्यक्ष युवराज पोख्रेल, हेफर इन्टरनेशनल क्षेत्रिय कार्यालयका वरिष्ठ संयोजक प्रेमकुमार स्यामबो लगायतले संस्थाले आफ्नो आठ वर्ष पुा गरी नौ वर्ष प्रवेश गर्दा छोटो समयमा सहकारीले उदाहरणीय भुमिका खेल्नुका साथै निकै ठुलो परिवर्तन गरेको बताए । साथै संस्थालाई सफलताको शुभकामना दिए ।

सो अवसरमा संस्थाले ४ जना जेष्ठ नागरीक महिलाहरूलाई १÷१ थान च्यावन प्राससहित प्रमाणपत्रले सम्मान गरेको छ । त्यस्तै २ जना जेहेन्दार बिद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो भने १४ जना किसानलाई सम्मान पत्र सहित १÷१ थान दूध दुहुने बाल्टी समेत हस्तान्तरण गरिएको छ । सो अवसरमा संस्थाकी लेखा संयोजक बिमला कुमारी जोसीले संस्थाको शेयर पुँजी ४२ लाख ३८ हजार ८ सय रहेको र १ करोड ८१ लाख ३० हजार ४ सय रुपैयाँ ऋण लगानी गरेको जानकारी दिइन३ । संस्थाको कुल पुँजी ३ करोड ८४ लाख २४ हजार २८५ रुपैयाँ रहेको छ ।

संस्थाकी अध्यक्ष तुल्सी थापाले साधरणसभामा कार्यपत्र प्रस्तुत गर्दै कृषि पशु बिकास तथा कृषि बिकासको माध्यमबाट शेयर सदस्यहरूको आर्थिक सामाजिक उन्नतिको लागि उद्यमीहरूको प्रबर्दनमा सहयोग पुर्याउदै सदस्यहरूमा बचत गर्ने बानीको बिकास गर्ने बताइन् । संस्थामा हाल एक हजार ३५७ जना शेयर सदस्य रहेका छन् । कार्यक्रम शेयर सदस्य निर्मला खनालको स्वागत र ब्यवस्थापक मिना आले काउचाको सञ्चालनमा समपन्न भएको थियो ।