अब्बल बन्यो बुटवल कालिका क्याम्पस

मेचीकाली संवाददाता

१९ मंसिर २०७९, सोमबार
1146 shares

बुटवल । बुटवल कालिका क्याम्पस स्थापनाको छोटो समयमै अब्बल शैक्षिक संस्थाको रूपमा स्थापित भएको छ । बुटवल–१० रामनगरस्थित क्याम्पसले हरेक वर्षका नजितामा अब्बल रिजल्ट ल्याउँदै यहाँका सबै विद्यार्थी रोजाइँमा पर्न थालेको छ ।
बिबिएसको पठन–पाठन सुरू गर्दै २०७० सालबाट क्याम्पस सञ्चालनमा आएको थियो । कान्छो क्याम्पस स्थापनाको ९ वर्ष पुगेको छ ।

पहिलो वर्षमै शत प्रतिशत रिजल्ट दिएपछि क्याम्पस सबैको रोजाइँ र आकर्षकको केन्द्र बनेको क्याम्पस प्रमुख घनश्याम पाठकले बताए । क्याम्पसमा अहिले २ हजार ८३८ विद्यार्थी अध्ययनरत छ । कलेजको व्यवस्थित भवन बनेको छ । कक्षाकोठा, फर्निचर, प्रयोगशाला व्यवस्थित छन । क्याम्पसमा अहिले बिबिएस, बिसिए र बिएडका संकाय सञ्चालनमा छन ।
अब छिट्टै स्नातकोत्तर तहमा पनि बिएससी सिएसआइटी र एमबिएसका कक्षाहरू पनि क्याम्पसले सञ्चालनको तयारी गरेको क्याम्पस प्रमुख पाठकले बताए । उनले भने, ‘हाम्रो रिजल्ट देशकै दोस्रो र तेस्रो स्थानमा छ । बिसिएको रिजल्ट शत प्रतिशत छ । यहाँबाट उत्पादित जनशक्ति सबै रोजगार छन । स्थापना कालदेखि विभिन्न किसिमका चुनौतीलाई पार गर्दै ३५ जना विद्यार्थीबाट सुरू भएको क्याम्पसमा अहिले झण्डै तीन हजार नजिक विद्यार्थी पुगेको छन ।’

कालिका स्कूल र मानवज्ञान स्कूल समायोजन गर्ने क्रममा हाल क्याम्पस भवन भएको १० कठठा सरकारी जग्गालाई मन्त्रीपरिषदबाट निर्णय गराई दीर्घकालीन निःशुल्क लिजमा क्याम्पसको नाममा प्राप्त भएको छ । रुपन्देही क्षेत्र नम्बर २ का सांसद तथा पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको पहलमा अर्थमन्त्रालयबाट क्याम्पसको भवन बनाउन ६ करोड रुपैयाँ बजेट विजिनियोजन गरेका थिए । क्याम्पसमा अहिले प्रदेश स्तरीय पुस्तकालय ६० कोठाको भवन, व्यवस्थित चमेना गृह, कर्मचारी आवास, खेलमैदान तयार भएको छ ।

क्याम्पसको अर्को महत्वपूर्ण पाटो यहां बन्दै गरेको प्रदेशस्तरको लाइब्रेरी र रिसर्च सेन्टर हो । यो सञ्चालनमा आएपछि शोधकर्ताहरु काठमाडौं धाउनुपर्ने वाध्यताको अन्त्य भएको छ ‘बुटवल कालिका क्याम्पस छोटो समयमै जीवन उपयोगी र रोजगारमुलक उच्च शिक्षामा देशकै उत्कृष्ट शैक्षिक संस्था बनेको छ’ अध्यक्ष अनुपमान सैंजूले भने । क्याम्पसमा बीबीएस र बीसीएतर्फ ५० जना र बएिडतर्फ १३ जना गरी ६३ जना प्राध्यापक र १२ जना नन टिचिङ स्टाफ सहित ७५ जना कर्मचारी रहेका छन् ।
बुटवल कालिका क्याम्पसले ९औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाउने भएको छ । क्याम्पसले शनिबार पत्रकार सम्मेन गरी जानकारी गराए अनुसार मंसिर १८देखि २४ गतेसम्म विविध कार्यक्रम हुनेछन् । २०७० सालमा बीबीएस कार्यक्रम सम्बन्धन लिएर क्याम्पस स्थापना भएको थियो । वार्षिकोत्सवको महत्वपूर्ण कार्यक्रम भवन शिलान्याश रहेको क्याम्पस प्रमुख घनश्याम पाठकले बताए । क्याम्पस भवन बनाउन तत्कालीन अर्थमन्त्री रुपन्देही २ का सांसद विष्णु पौडेलले ६ करोड बजेट पारिदिएकाले उनैबाट भवन उद्घाटन गरिने पाठकले बताए ।

यस्तै २४ गते प्रदेशका शिक्षामन्त्री वसिउद्दिन खांको प्रमुख आतिथयतामा वार्षिकोत्सव समापन हुने उनले बताए । त्यसअघि १८ गतेदेखि २२ गतेसम्म विभिन्न खेलकुद, निशुल्क आंखा जांच र दन्त परीक्षण शिविर, रक्तदान लगायतका रचनात्मक कार्यक्रमहरु गरिने क्याम्पस प्रमुख पाठकले जानकारी गराए । वार्षिकोत्सवका अवसरमा कर्मचारीहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको उनले बताए । ३५ जना विद्यार्थीबाट शुरु भएको क्याम्पसमा अहिले २८३८ जना विद्यार्थी अध्ययनरत छन् ।