वालिङको विकासमा अहोरात्र खटिन्छुः खाण

मेचीकाली संवाददाता

२१ मंसिर २०७९, बुधबार
229 shares

मुक्ति न्यौपाने
वालिङ । वालिङको विकासमा अहेरात्र खटिने र विकास निर्माणका काममा तिव्रता दिने वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाणले बताएका छन् । ‘वालिङको पर्यटन विकासलाई तिव्रता दिनका लागि हामी ओहोरात्र खटिने छौँ । जनताका हामी मेयर साब हैन, सेवक हौ, जतिवेला पनि चौविसै घण्टा जनतासँग रहन्छौँ ।’ उनले भने ।

वालिङ ९ भुम्रे एकता मिलन समाजका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा भउको अन्तरक्रिया कार्यक्रममा वालिङको विकास कसरी गर्न सकिन्छ । समग्र वालिङलाई कसरी देश विदेशमा चिनाउन सकिन्छ बाह्य्य र आन्तरिक पर्यटकलाई कसरी भित्राउन सकिन्छ नगरलाई आर्थिक आयका साथै शैक्षिक ,समाजिक विकास गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

साथै नगरप्रमुख खाणले नगरवासिको सुझाव सल्लाह आवश्यक रहेको बताए । विकासको सम्पूर्ण आधार रहेको बताउदै गह्रौसुर , पित्लेक र आधिखोलालाइ कसरी संरक्षण गर्न सकिन्छ लगायतको स्थान लाई छिट्टैनै पुर्वाधार सहितको विकास गर्न सकिने खाणले बताए । सबै ठाउँको अध्ययन र प्राविधिक खटाइएको बताए ।

विकासका लागि एक्लो प्रयासले केहि नहुने हुँदा नगर विकासमा साथ सहयोग आवश्यक परेको मेयर खाणले बताए । गह्रौसुरमा केवलकार, आधिखोलामा तालको लागि योजनामा समेत नगर अगाडि बढेको मेयर खाणले बताए । हामी सबै एक भएर अगाडि बढ्न तयार रहेको एकता समाजका सयोजक श्रेष्ठले बताए ।