खाद्य प्रणाली समिक्षा तथा योजना तर्जुमा गोष्ठी

मेचीकाली संवाददाता

२३ मंसिर २०७९, शुक्रबार
153 shares

बुटवल । लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजना तथा राष्ट्रिय योजना आयोग र विश्व खाद्य कार्यक्रमको संमन्वयमा ‘प्रदेशको खाद्य प्रणालीको समिक्षा तथा योजना तर्जुमा गोष्ठी मणिग्राममा गरिएको छ । कार्यक्रममा उद्घाटन गर्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमकान्त चापागाईंले कृषि क्षेत्रका विकासका लागि सबै जना हातेमालो गर्नुपर्ने बताए । उनले कृषिको दिगो विकास विना आर्थिक समृद्धि सभव नभएको भन्दै सोहीअनुसारको योजना तर्जुमा गरी कार्यान्वयनको पाटो जरुरी रहेको बताएका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका निमित्त सचिव अनिल मरासिनीले कृषि क्षेत्रका विकासबाट मात्रै अन्य क्षेत्रका विकास हुने बताए । कार्यक्रममा तिनाउ गाँउपालिकाका अध्यक्ष प्रेमप्रसाद श्रेष्ठले कृषि क्षेत्रलाई प्रथमिकता दिएर प्रदेश सरकारले ठोस कार्यक्रम ल्याउनुपर्ने बताएका थिए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक महेश खरेलले ‘ओभरभ्यु एण्ड आउकम अफ नेसशन फुड सिस्टम डाइलगक्स एण्ड अब्जेटिभ एण्ड प्लान्स फर पोभिन्सले रिभ्यु एण्ड प्लानिङ्ग मिटिङ्ग इन नेपालको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै आउटकम अफ लुम्बिनी प्रोभिन्सल डाइलग्स अफ २०२१, प्रागेस मेड एण्ड प्रोभिक्ट एक्सन फर द नेक्सट ३ एअर’ विषयमा खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रर्वद्धन महाशाखा शिवप्रसाद अर्यालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका निमित्त प्रमुख डा. परवेज आलम, कृषि विकास निर्देशनालय बुटवलका निमित्त प्रमुख रामप्रसाद पाण्डे, कृषि मन्त्रालयका बाली विकास अधिकृत शालीकरमा गौतम, पशु चिकित्सक, हरिप्रसाद पण्डीत, डा. उत्तम आचार्य, बुद्धिराम घिमिरे, निरशे धिताल, विवेक पन्त, यमबहादुर कुँवरलगायतले सहजीकरण तथा समूहिक छलफलमा गरेका थिए ।