जय महाकाल युवा समुहको संयुक्त बैठक

मेचीकाली संवाददाता

२४ मंसिर २०७९, शनिबार
221 shares

बाणगंगा । कपिलवस्तुको महाराजगन्ज नगरपालीका, बाणगंगा नगरपालीका र रुपन्देहीको सैनामैना नगरपालिकामा गठित जय महाकाल युवा समुहको संयुक्त बैठक सम्पन्न भएको छ ।

भोकालाइ भोजन प्यासी लाई पानी भन्ने मुल नाराका साथ स्थापना भएको समूहका ३ वटा शाखाका सदस्यहरुको उपस्थितिमा महाराजगुन्ज नगरपालीका वडा नम्बर २ स्थित काली मन्दिरमा संयुक्त बैठक बसेको हो । बैठकमा वडा नम्बर १ मा रहेको शिव मन्दिरमा मुर्ति स्थापना गर्ने, नगदी रसिद छपाएर आर्थिक संकलन गर्ने, कार्यसमिति चयन गरि शिवरात्री पुजा गर्ने लगायतका निर्णय भएको छ ।

कार्यक्रममा जय महाकाल युवा समूह महाराजगन्जका अध्यक्ष राजेश गुप्ताको अध्यक्षता, केन्द्रिय सदस्य प्रेम यादवको प्रमुख आतिथ्यता, कपिलवस्तु जय महाकाल युवा समूहका संयोगक भोला राज पौडेलको बिशिष्ट आतिथ्यता रहेको थियो ।