

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा इङ्गल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ ।
कतारको अल वयात रङ्गशालामा आज भएको खेलमा फ्रान्सले इङ्गल्याण्डलाई २१ गोल अन्तरले पराजित गर्यो ।
खेलको १७औँ मिनेटमा फ्रान्सका लागि अउरेलियन टकउमेनीले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ५४औँ मिनेटमा इङ्गल्याण्डका लागि ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए पनि ७८औँ मिनेट ओलिभर गिराउण्डले गोल गरेपछि खेल फ्रान्सले जितेको थियो ।
फ्रान्स सेमिफाइनलमा मोरक्कोसँग खेल्नेछ ।