लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान समापन

मेचीकाली संवाददाता

२५ मंसिर २०७९, आईतवार
379 shares

बसन्ती आचार्य

कपिलवस्तु । बाणगंगा नगरपालिकाको आयोजनामा भएको लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको औपचारिक समापन भएको छ । सो कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य एवं नेकपा एमालेका पोलिटव्युरो सदस्य विमला घिमिरेले लैगिंक हिंसा अन्त्यका लागि हरेक व्यक्तिले आफनो सोच परिवर्तन गरी सकारात्मक सोंचको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाले राज्यको प्रमुख तहमा महिला सहभागिता भएपनि कार्यकारी पदमा भने राजनितिक दलहरुले महिलालाई अझै स्थान दिन नसकेको बताउनु भयो । देशको निती कानुन बनाउने दलबाटै कतिपय स्थानमा महिलाहरु महिला भएकै कारण स्थान नपाएको बताउनु भयो । राजनितीक दलहरुले नै संविधानमा राज्यको हरेक संरचनामा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने व्यवस्था गरेपनि कतिपय दलहरुले आफ्नै पार्टीको विधानमा त्यो व्यवस्था लागु गर्न नसकेको उहाँको भनाई छ ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले नगरपालिका भित्र लंैगिक हिंसा न्युनिकरणका लागि लैंगिक हिंसा विरुद्धको कोष समेत खडा गरिएको बताउनुभयो । उहाँले नगरपालिका भित्रका महिलाहरुलाई सक्षम बनाउन आयआर्जनसंग जोड्न विभिन्न आयमुलक, सीपमुलक र शसक्तिकरणका कार्यक्रमहरु संचालन गर्दै आईरहेको बताउनुभयो ।

यसैगरी राजनितिक दलहरुको तर्फबाट बोल्दै माओवादी केन्द्रकी नगर उपाध्यक्ष अम्बिका पौडेलले लिंगकै आधारमा सामाजिक, आर्थिक र राजनितिक रुपमा हिंसा भोग्न बाध्य भएको बताउनु भयो । कार्यक्रममा नागरिक समाज कपिलबस्तुका अध्यक्ष दोलख बहादुर पछाई, अखिल नेपाल महिला संघ कपिलबस्तुका अध्यक्ष चेतना अधिकारी, ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख दिपक बाबु केसी किशोर किशोरी संवादका अध्यक्ष अर्चना आचार्य लगाएले संमृद्ध नगर निर्माणका लागि बिभिन्न हिंसालाई न्यूनिकरण सबैले हातेमालो गर्न आवश्यक भएको बताएका थिए ।

सभ्य समाजको पहिचानः लैंगिक हिंसा बिरुद्धको अभियान भन्ने नारा रहेको कार्यक्रममा नगरपालिकाका उपमेयर रिता कुमारी थारुको अध्यक्षता, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शुशिला पन्थको संचालन तथा महिला बिकास सहायक निरिक्षक भगवती आचार्य शर्माको स्वागतमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा वुद्धदर्पण दैनिकका सम्पादक पार्वती पाण्डेले आधारपत्र प्रस्तुत गर्नुभएको भएको थियो । यसैविच लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानकै अवसरमा बाणगंगा नगरपालिकाको आर्थिक सहयोग, सञ्चारीका समुह कपिलबस्तुको आयोजनामा मंसिर १६ र १७ गते भएको प्रथम बाणगंगा नगरस्तरिय खुला महिला व्याडमिन्टन प्रतियोगितामा प्रथम, द्धितिय, र सान्त्वना हुन सफल भएका सहभागितहरुलाई नगद पुरस्कार सहित, शिल्ड मेडल र प्रमाण पत्रले सम्मान गरिएको थियो ।

खेलमा सहभागिहरुलाई समेत प्रमाणपत्र बितरण गरिएको महिला बिकास सहायक निरिक्षक हरिना गाहाले जानकारी दिनु भयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुषाल, वडा अध्यक्षहरु, समाजसेवी, बुद्धिजिवी, सुरक्षाकर्मीहरु, संचारकर्मी, महिला अधिकारकर्मी लगाएत कर्मचारीहरुको सहभागिता रहेको ।