शुद्दोधन सहकारीको १५ वार्षिकोत्सब सम्पन्न ।शेयर सदस्यलाई १८ % लाभांश

मेचीकाली संवाददाता

२५ मंसिर २०७९, आईतवार
299 shares


तुलसीराम पौडेल —
सियारी, मंसिर २४
रुपन्देहीको सियारी गाउँपालिका -७ पश्चिम् अमवा स्थित शुद्दोधन बचत तथा ॠण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न भयो ।सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेले साधारण सभाको एक कार्यक्रमका बिच उदघाटन गर्नुभयो ।सो अवसरमा बोल्दै उहाँले शुद्दोधन सहकारीलाई छिमेकी गाउँपालिका हुँदै जिल्लामै स्थापित गराउनुपर्नेमा जोड दिनुभयो। साथै सहकारीले ल्याएका जनहितका योजनाहरुलाई गाउँपालिकाले सहकार्य गर्ने बताउनुभयो।कार्यक्रममा सहकारी बैंक भैरहवाका शाखा प्रमुख आलोक शिवाकोटी ,कृषि सामाग्री सस्था लिमिटेड भैरहवाका प्रमुख गणेश घिमिरे , शुद्दोधन सहकारीका सस्थापक अध्यक्ष अजय अधिकारी ,पुर्व अध्यक्ष झपेन्द्रराज अर्याल ,सियारी गाउँपालिका वडा नम्बर -६ का अध्यक्ष शेरबहादुर गुरुङ ,भृकुटी कृषि सहकारीका अध्यक्ष अविराम विक ,समीप बचत तथा ॠण सहकारीका अध्यक्ष माधव नेपाल ,नारी एकता महिला बचत तथा ॠण सहकारीका अध्यक्ष हुमकान्ती भुर्तेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । सम्पन्न १५ औं साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को ६२ करोड ५७ लाख १० हजार २ सय १२ रुपैयाँँ ७१ पैसा बराबरको आयव्यय पारित गरेको छ।हालसम्म यस सस्थाको शेयर पुजि ५ करोड ३७ लाख ७० हजार ४ सय रुपैयाँ भएको छ भने बचत १४ करोड ३ लाख ३७ हजार ७सय ८२ रुपैयाँ ६५ पैसा र ॠण लगानी २२ करोड ४० लाख ६८ हजार ३३ रुपैयाँ रहेकोे छ।यस सहकारी शेयर सदस्यहरुलाई उच्चतम रूपमा १८% लाभांश वितरण गर्न सफल भएको छ।
यस सहकारीले ५७५ जनालाई ॠण लगानी गरेको छ।यस सहकारीमा पुरुष १३१५ र महिला ९९७ गरि २३१२ जना शेयर सदस्यहरु रहेका छन् ।
कार्यक्रममा सस्थाका असल कारोबारीहरु खेमराज न्यौपाने ,टंकराज देवकोटा , टुक कुमारी पुरी ,आशा केवट ,राज पराजुली गोमा थारू ,दिलमाया रानाभाट क्षेत्री ,डिलकुमारी घर्ती क्षेत्री ,शोभा कुमारी भाट ,नारायण प्रसाद सुवेदी ,प्रेमबहादुर रानाभाट ,कृष्ण प्रसाद उपाध्याय ,ॠषिराम ज्ञवाली ,भवेस्वर खनाल ,कलावती विश्वकर्मा लगायतलाई सम्मान गरेको छ। त्यसै गरि संचालक तथा लेखासमितीका पुर्व पदाधिकारीहरु सम्मान कार्यक्रम अन्तरगत सस्थाका पुर्व अध्यक्ष झपेन्द्रराज अर्याल ,पुर्व उपाध्यक्ष रामपाल यादव ,पुर्व सचीव रामजी प्रसाद सापकोटा ,पुर्व संचालक समिति सदस्यहरु खेमराज गुरुङ ,नवलराज शर्मा ,रामप्रसाद शर्मा ,दिवाकर शर्मा ,माया खत्री ,महेन्द्र राज घिमिरे ,दिपक बहादुर शाही लेखा समिति संयोजक केशवराज अर्याल लेखासमिती सदस्यहरु लोटन बनिया ,किरण विक लगायतलाई सम्मान गरेको छ। साधारण सभामा कार्यबाहक अध्यक्ष कृष्ण प्रसाद नेपालबाट सस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत ,कोषाध्यक्ष लालबहादुर क्षेत्रीबाट आर्थिक प्रतिवेदन प्रस्तुत र लेखासमिती संयोजक हरि प्रसाद न्यौपानेबाट लेखा प्रतिवेदन प्रस्तुत भएको थियोे ।
सस्थाका उपाध्यक्ष एवं कार्यबाहक अध्यक्ष कृष्ण प्रसाद न्यौपानेको अध्यक्षता, सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको प्रमुख आतिथ्यता, सहकारी बैंक भैरहवा शाखा प्रमुख आलोक शिवाकोटी र कृषि सामाग्री सस्था लिमिटेड भैरहवा प्रमुख गणेश घिमिरेको विशिस्ट आतिथ्यता , शुद्दोधन सहकारीका संचालक समिती सदस्य सुरेन्द्र गुप्ताको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन सहकारीका सचीव टंकनारायण आचार्यले गर्नुभएको थियोे ।