प्रयास सहकारीद्धारा सहकारी शिक्षा तालिम तथा अन्तरक्रिया सम्पन्न

मेचीकाली संवाददाता

२५ मंसिर २०७९, आईतवार
184 shares

बुटवल। बुटवल उपमहानगरपालिका १२ तामनगरस्थित प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सहकारी शिक्षा तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शनिवार चारपाला सामुदायिक बन उपभोक्ता समुहको कार्यालय भवनमा सम्पन्न कार्यक्रममा संस्थाका सचीव प्रकाशमणि खनाल तथा लेखा संयोजक नारायण शर्माले प्रशिक्षण दिएका थिए । तालिममा संस्थाका ५७ जना सेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

सहकारीताको प्रवर्द्धन गर्ने र सहकारीको व्यावसायिक विकासमा टेवा पुर्याउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा अध्यक्ष भिमबहादुर थापाको अध्यक्षता, जिल्ला बचत संघ, रुपन्देहीका युवा उपसमिति सदस्य तथा संस्थाका निवर्तमान अध्यक्ष सुर्य बहादुर रानाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सहभागी सेयर सदस्य तथा अन्य बक्ताहरुले सहकारीले सेयर सदस्य केन्द्रित विभिन्न योजना तथा कार्यक्रम निर्माण एवम् संचालन गर्दै आएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा पनि निरन्तरताको अपेक्षा गरे ।

कार्यक्रममा संस्थाको इतिहास समेटिएको शब्द चित्र पनि प्रस्तुत गरिएको थियोे । उपाध्यक्ष इस्वरी प्रसाद रेग्मीको स्वागत र सञ्चालक सदस्य तिर्थराज काफ्लेको सञ्चालनमा कार्यक्रम भएको हो ।