३१ औं अन्तराष्ट्रिय लैंगिंक हिंसा बिरुद्धको १६ दिने अभियानको समापन तथा अन्तरक्रिया

मेचीकाली संवाददाता

२५ मंसिर २०७९, आईतवार
253 shares

पार्वती आचार्य

कपिलवस्तु । “सभ्य समाजको पहिचान, लैंिगक बिरुद्धको अभियान” ३१औं अन्तराष्ट्रिय १६ दिने लैंगिंक हिंसा बिरुद्धको अभियान २०२२ को समापन तथा अन्तरक्रिया एक कार्यक्रमको आयोजना गरी समापन गरिएको छ । जिल्ला समन्वय समिती कपिलवस्तुको आयोजना तथा गैर सरकारी महासंघ कपिलवस्तुको समन्वयमा सम्पन्न कार्यक्रममा कपिलवस्तु नगरपालिका, गैसस महासंघ, युएनएफपीए, इन्सेक, युएमएन, ओरेक, माहुरी होम, साथी, महिला मानव अधिकार रक्षक संजाल, दलित सामाजिक बिकास केन्द्र, ईन्द्रेणी, किर्डार्क, आईएनएफ, कालिका, नेपाल पत्रकार महासंघ, दलित महिला संघ कपिलवस्तु , किशोरी अधिकार मञ्च, सिद्धार्थ सामाजिक बिकास केन्द्र लगाएतका संस्थाहरुको सहयोग रहेको थियो ।

उक्त कार्यक्रममा कपिलवस्तु जिल्लाको लैंगिक हिंसाको अवस्था बारे गैर सरकारी महासंघका जिल्ला अध्यक्ष प्रविण कुमार श्रीवास्तवले कपिलवस्तु जिल्लाको लैंगिंक हिंसाको अवस्था बारे प्रस्तुत गर्नु भएको थियो । यस्तै दलित सामाजिक बिकास केन्द्रका राम शसरण रैदासले लैंगिंक हिंसा सम्बन्धि कपिलवस्तु नगरपालिकाका चारवटा सर्वेक्षण अध्ययन प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

यस्तै ओरेक नेपालका सहायक कार्यक्रम अधिकृत संगिता चौरासियाले ओरेक द्वारा संचालिन अभियान र माहिला माथि हुने हिंसाको अन्वेषी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत कार्यपत्र माथि सहभागिहरुले जिज्ञासा राखेका थिए भने किशोरी सहभागिहरुले बाल विवाह भारतमा लगेर गरिदिए भने त्यसको लागि कानुनी निती के छ भन्ने बिषयमा जिज्ञासा राखेका थिए ।

यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकार धर्मेन्द्र कुमार मिश्रले कार्यक्रमलाई संबोधन गर्दै बाल बिवाह चुनौतिको रुपमा रहेको बताउनु भयो । उहाँले लैंगिक हिंसाका सर्वेक्षणका तथ्यांक के कती कारणले घटना भएको र जवाफ नआएका बिषयहरुको समेत औल्याउनु पर्नेमा जोड दिनु भयो । लैंगिक हिंसाका घटनाहरुलाई न्युनिकरण गर्न स्थानियतह र न्यायीक समितीका संयोजकहरुले जोड दिंदैं तथ्यांकी करण गरिनुपर्ने बताउनु भयो । स्थानियतहलाई सक्रिय बनाउनु पर्ने देखिएको हुँदा जिल्ला समन्वय समितीले बिशेष ध्यान दिन जरुरी देखिएको बताउनु भयो ।

लैंगिंक हिंसा पीडितहरुलाई बिभिन्न संघ संस्थाहरुले परामर्श गर्न आवश्यक देखिएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताउनु भयो । साथै जिल्लाको शान्ति सुरक्षाकालागि प्रहरी प्रशासन प्रतिवद्ध रहेको बताउँदै बिभिन्न हिंसाहरुलाई न्यूनिकरण गर्न सम्पुर्ण सरोकारवालाहरु लाग्नुपर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका उप प्रमुख रिता कुमारी थारुले बाणगंगा नगरपालिकाले १६ दिन सम्म बिभिन्न जनचेतना मूलक अभियान , कानुन सम्बन्धि तालिम , प्रथम नगर स्तरिय खुला महिला व्याडमिन्टन प्रतियोगिता समेत सम्पन्न गरिएको बताउनु भयो । हिंसा कसैले पनि सहनु हुँदैन म पनि हिंसा गर्दिन र अरुलाई पनि हिंसा गर्न दिंदिन भन्ने लक्षलाई लिएर अगाडी बढेमा हिंसा स्वत घट्दै जाने बताउनु भयो । उप प्रमुख थारुले सरकारी कार्यालयहरुमा पनि महिला कर्मचारीहरुले हिंसा भोगिरहेको बताउनु भयो ।

यस्तै जिल्ला न्यायधिवक्ता प्रकाश मरासिनीले लैगिंक हिंसा न्यूनिकरण गर्न सचेतना मूलक कार्यक्रमहरुको अभियान संचालन गर्नुपर्नेमा जोडदिनु भयो । दिवसमा यति घटनाहरु घटे भन्दा पनि जिल्लाका स्थानियतहहरुमा स्थापना भएका न्यायीक समितीहरु सक्रिय बनाउने र स्थानिय तहमा बिभिन्न जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्न सके हिंसा न्यूनिकरणमा टेवा पुग्ने बताउनु भयो ।

कार्यक्रममा लैंगिक हिंसाको क्षेत्रमा काम गर्दै आएका युएनएफपीए , इन्सेक , युएमएन , ओरेक नेपाल , माहुरी होम ,साथी , किर्डार्क नेपाल , कालिका , दलित सामाजिक बिकास केन्द्र , दलित महिला संघ , आईएनएफ , इन्द्रेणी , गैसस महासंघ , सक्रिय सेवा समाज, किशोरी अधिकार मञ्च लगाएतका संस्थाहरुलाई सम्मान गरिएको हो ।

लैंगिक हिंसा बिरुद्धका कार्य , महिला शसक्ति करण तथा कानुनी परामर्श गर्नुका साथै अभियानहरु संचालन गरेकोमा संस्थाहरुको उच्च मूल्यांकन गर्दै अन्तराष्ट्रिय लैंिगिक हिंसा विरुद्धको १६ दिने अभियान २०७९ को समापनको अवसरमा कदर पत्रले सम्मान गरिएको थियो । सो कार्यक्रममा समाजसेवी जग्गादान दाताका जोडी हरिराज शर्मा र पार्वती शर्मालाई सम्मानपत्र र दोसल्लाहले सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल , उप प्रमुख सुनिता गुप्ता , जिल्ला समन्वय समितीका सदस्यहरु , जिल्ला समन्वय अधिकारी भूमिराम पोखरेल , कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल , महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुखहरु , कार्यालयका कर्मचारीहरु , गैसस महासंघ लुम्बिनी प्रदेश अध्यक्ष , मानव अधिकारकर्मीहरु , बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु , किशोरी अधिकार मञ्चका प्रतिनिधिहरु किशोरी सहजकर्ताहरु , बाल संजालका प्रतिनिधिहरु , सुरक्षाकर्मीहरु र संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्यको अध्यक्षता , समन्वय समिती सदस्य सुमित्रा दमाईको स्वागत तथा खरिदार सुरेन्द्र प्रसाद बेल्वासेको संचालनमा कपिलवस्तु नगरपालिकाको सभाहलमा सम्पन्न भएको थियो ।