माउण्ट एभरेष्ट सहकारीको वार्षिक साधरणसभा सम्पन्न

मेचीकाली संवाददाता

२६ मंसिर २०७९, सोमबार
252 shares

रामबहादुर गन्धर्व
बाणगंगा । माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा–६ कपिलवस्तुको २४ औं वार्षिक साधरणसभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता चौधरीको प्रमुख आतिथ्यता तथा बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण नेपालको विशिष्ट आतिथ्यता रहेको थियो ।

साधरणसभा संस्थाका अध्यक्ष पोख्रेलले आ.व. ०७८/०७९ को प्रतिवेदन, कोषाध्यक्ष लेखनाथ भट्टराईले कोषाध्यक्षको प्रतिवेदन र लेखा समिति संयोजक देवीप्रसाद पोख्रेलले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मत पारित गरेको छ ।
सो अवसरमा संस्थाले ज्येष्ठ बचतकर्ता, असल बचतकर्ता, सफल व्यवसायी, असल ऋणी र असल शेयर सदस्यहरूलाई दोसल्लासहित सम्मान गरेको थियो । त्यस्तै, संस्थालाई स्थापनाकालदेखि यहाँसम्म ल्याउन महत्तवपूर्ण योगदान गरेको भन्दै ११ जना पूर्वपदाधिकारीहरूलाई सम्मान गरिएको छ । बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण नेपाललगायतले संस्थाको कार्य प्रगतिको प्रशंसा गर्दै सफलताको शुभकामना दिएका थिए ।

यसैबीच संस्थाले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै बीस जना सदस्यहरूबाट २० रूपैयाँ संकलन गरिएको सहकारी २६ बर्षको अवधिमा आफ्नै सुविधा सम्पन्न भवनबाट सम्पूर्ण कारोबार सञ्चालन गर्न सफल भएको छ । संस्थामा १ हजार ९७० जना महिला र १ हजार ८६१जना पुरूष गरी कूल ३ हजार ८६१ जना शेयर सदस्यहरू आबद्ध रहेका छन् ।

गत वर्ष भन्दा १७८ जना शेयर सदस्य वृद्धि भएका छन् । हाल शेयर रकम रू.१ करोड ७२ लाख ७९ हजार रहेकोमा गत वर्षभन्दा १६ लाख ९६ हजार ४ सयले वृद्धि भएको जनाइएको छ । हालसम्म संस्थाको कूल बचत रकम रू.१६ करोड ४८लाख ३८ हजार ६ सय रहेको छ भने यस वर्ष संस्थाले ८७ लाख ९४ हजार २ सय ६४ रुपैयाँ शुद्ध नाफा कमाउन सफल भएको छ ।

संस्थाका कोषाध्यक्ष लेखनाथ भट्टराईले २२ करोड ६७ लाख १८ हजार १५६ रुपैयाँ कूल आय–ब्याय सार्वजनिक गरेका छन् । आ.व.०७९/०८० का लागि अनुमानित बजेट २४ करोड ९६ लाख ७५ हजार पेश गरिएको छ । विभिन्न वडाका जनप्रतिनिधि, सामाजिक संघसंस्थाका पदाधिकारी लगायतको उपस्थिति रहेको कार्यक्रम गौरी चौधरीको स्वागत मन्तव्यसहित खेमराज भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।