गुरु सम्मान तथा पुनर्मिलन सम्मान

मेचीकाली संवाददाता

२६ मंसिर २०७९, सोमबार
350 shares

बाणगंगा। कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ६ बोलबम धाम लक्ष्मणघाटमा गुरु सम्मान तथा पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ ।

ठाडा माध्यमिक विद्यालय अर्घाखाँचीबाट २०३५ को एसएलसी परीक्षामा सम्मिलित १४ जना विद्यार्थीहरूको आयोजनामा सोमबार ५ जना गुरुहरुलाई सम्मान गर्दै मायाको चिनो प्रदान गरिएको हो । झन्डै साढे चार दशकपछि सम्मानित हुनेहरूमा ठाडा माविका पूर्वप्रअ दीपक टण्डन, ज्येष्ठ शिक्षक लक्ष्मीकान्त पाण्डे, महेन्द्र मावि कोपवाका पूर्वप्रअ इन्द्रबहादुर कोइराला, शिक्षक रामहरि पन्थी र उमाकान्त शर्मा रहेका छन् ।

शिक्षक तारापति विसीको अध्यक्षता तथा विद्यार्थी शिक्षक निमबहादुर ओलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।