कृष्णनगर नगरपालिकामा एकिकृत घुम्ति शिविर सुरु

मेचीकाली संवाददाता

२७ मंसिर २०७९, मंगलवार
298 shares

पार्वती आचार्य
कपिलवस्तु । कृष्णनगर नगरपालिकाले नागरिकहरुलाई घरदैलोमा पुगेर नगरको सेवा प्रदान गर्न थालेको छ । एकिकृत घुम्ति शिविरको शुरुवात गर्दै नगर प्रमुख रजत प्रताप शाहले नगरका बिभिन्न वडाका नागरिकहरुलाई उनिहरुको घर आँगनमा पुगेर सेवा दिने लक्ष्य अनुसार कार्यक्रमको थालनि गरिएको बताए ।

नगरपालिकाले वडा नं. १२ को भगवानपुरबाट उक्त कार्यको शुरुवात गर्दै नगर प्रमुख शाहले जनताका बिभिन्न समस्याहरु र गुनासाहरुलाई समाधान गर्न शिक्षा, स्वास्थ्य, खानेपानी र वडाका योजनाको कार्यहरुमा आउने समस्याहरुलाई समाधान गर्न सहजता होस भन्ने उद्देश्यले शिविरको सुरुवात गरिएको बताए ।

कार्यक्रममा स्थानियहरुले शिक्षा, स्वास्थ्य, खानेपानी र सिंचाई लगायतका बिषयमा नगर प्रमुख शाह समक्ष गुनासाहरु राखेका थिए । नागरिहरुको गुनासा र समस्याहरुलाई संबोधन गर्दै दुईदुई महिनामा बैठक बसी वडाका नागरिकहरुका समस्याहरुलाई समाधान गर्ने उनले प्रतिवद्धता जनाए । नगरपालिकाको कार्यप्रति स्थानियहरु खुशी हुँदै अव कुनै समस्याहरु आएमा नगरपालिका धाउनु नपर्ने स्थानिय मोहम्मद ईद्रिस पठानले बताए । वडामा संचालन घुम्ति शिविरले जनतालाई धेरैसहज हुने भएको भन्दै स्थानियहरु खुशी भएका छन् ।

वडा नं. १२ बाट शुरुवात गरिएको एकिकृत घुम्ति शिविर बिस्तारै नगरका सम्पुर्ण वडाहरुमा संचालन गरि नागरिकहरुलाई स्थानियतहको प्रत्यक्ष प्रत्याभुत गराउनुका साथै जनताको समस्या संबोधन गर्ने उद्देश्यले कार्यक्रमको शुरुवात गरिएको कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वरी प्रसाद शर्माले बताए ।

नगरपालिकाका योजना, कृषि, स्वास्थ्य, महिला बालबालिका तथा जेष्ठ नागरिकका सेवाहरु, अपागंता भएका व्यक्तिहरुका सेवाहरु वडा स्तरबाट प्रदान गर्दा नागरिकहरुलाई पनि सहज हुने र नागरिकहरुलाई पनि संघिय आई सकेपछि सिंह दरवारको महसुस होस भन्ने उद्देश्यले यस कार्यक्रमको शुरुवात गरिएको प्रमुख प्रशासकिय अधिकृत शर्माले बताए ।

यस्तै योजना सम्झौता, लागत अनुमान तयारी तथा स्वीकृति, स्वास्थ्य परीक्षण, परामर्श र औषधि वितरण, कृषि परामर्श तथा विषादी वितरण, पशुपालन परामर्श तथा औषधि वितरण, अपांगगता भएका व्यक्तिको उत्कृष्ट एकजना संरक्षकलाई सम्मान, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, नगर प्रमुख र उपप्रमुखवाट जनगुनासो सम्बोधन तथा आयोजना मागको जानकारी जस्ता नगरपालिकाबाट प्रदान गरिने मूलभूत सेवाहरु प्रदान गरिएको कृष्णनगर नगरपालिकाका सामाजिक बिकास शाखा प्रमुख साकिर अहम्मद खाँले बताए । उक्त एकिकृत घुम्तिी शिविरमा नगरपालिकाका बिषयगत शाखाका प्रमुखहरुबाट बिभिन्न सेवाहरु संचालन गरिएको थियो । शिविर कृष्णनगर नगरपालिकाको आयोजनामा गरिएको हो ।