मोहनराज प्याठका दुई पुस्तक बिमोचन

मेचीकाली संवाददाता

२७ मंसिर २०७९, मंगलवार
244 shares

बुटवल । अखिल नेपाल किसान संघको ७१औं स्थापना दिवस तथा लेखक मोहनराज प्याठको ७५औं जन्मदिनको अबसरमा मोहनराज प्याठद्वारा लिखित पुस्तकद्वय ‘स्वर्ग भुमी नेपालमा सच्चा देशभक्त कम्युनिष्टहरु खै ?’ र ‘नेपालको स्वर्ग भुमी भक्तपुरका सांस्कृतिक परम्परागत र नौ दाफा भजनहरु’ को बिमोचन गरिएको छ ।

लेखकका श्रीमती जगतमाया प्याठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा अखिल नेपाल किसान महासंघ (अन्फा) का अध्यक्ष क. भैरबराज रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो । उक्त पुस्तकको रेग्मीले बिमोचन गरेका हुन् । त्यस्तै कार्यक्रममा पुराना बामपन्थी नेता कृष्णलाल गोजा श्रेष्ठ, सम्पादक, प्रकाशक बिष्णुप्रसाद पोख्रेल, बरिष्ठ समाजसेवी कृष्णबहादुर साहु श्रेष्ठ लगायतको आतिथ्यत रहेको थियो ।

रेग्मीले भक्तपुर किसान आन्दोलनका नेता तथा पुस्तकका लेखक मोहन कुमार प्याठको ७५औं जन्मदिनको उपलक्षमा बधाई ज्ञापन गर्दै सुस्वास्थ्य दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरे । साथै उनले एउटा किसानले लेख्ने लेख रचनाहरुलाई बौदिक जगतले उच्च सम्मान गर्नुपर्नेमा जोड दिन्दै उहाँबाट अरु कृति पनि आउनेछन् भने कामना ब्यक्त गरे । लेखकको नयाँ घर भक्तपुरमा सम्पन्न कार्यक्रमको सञ्चालन बाबुकाजी श्रेष्ठले गरेका थिए ।