देववाणि संस्कृत तथा साधारण माबिले मनायो ७०औं बार्षिक उत्सव

मेचीकाली संवाददाता

२ पुष २०७९, शनिबार
312 shares


नेत्र गैरे
पाल्पा । २००७ सालको प्रजातन्त्र प्राप्ती संगै २००९ सालमा स्थापित देववाण्ी संस्कृत तथा साधारण माध्यमिक बिद्यालयले ७० औं बार्षिक उत्सव मनाएको छ । अमरनारायण मन्दिरको पेटीबाट आफ्नो शौक्षिक यात्रा शुरु गरेको यस बिद्यालयले धेरै आरोह अबरोह पार गर्दै अहिले शैक्षिक क्षेत्रको अब्बल बिद्यालयको रुपमा पहिचान लिन सफल रहेको स्थानियहरु बताउछन् ।


बार्षिक उत्सव कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर थापाले १ करोड ६० लाख ४९ हजार ३ सय ६५ रुपैया बराबरको आर्थिक प्रतिवेदनका साथै बिद्यालयको शिक्षक बिधार्थी बिवरण, सिकाई उपलब्धी , बिद्यालयको शैक्षिक, भौतिक अवस्थाबारे जानकारी गराएका थिए ।


बिद्यालयमा हालसम्म अध्यापनरत शिक्षकहरुले आफ्ना छोराछोरीहरुलाई यसै बिद्यालयमा भर्ना गराई प्रभावकारी पठनपाठन गराउनु, एस ई ई को नतिजा तथा उपलब्धिमा बृद्धि हुदै जानु, अगं्रेजी र नेपाली माध्यमबाट शिक्षण गरिनु, परामर्श कक्षको स्थापना, स्काउट संचालन, अध्ययन अध्यापनकार्यलाई सि सी क्यामेराबाट निगरानीले शैक्षिक उपलब्धिीमा प्रगती भएको प्र.अ. थापाले बताए ।


बिद्यालयले आगामी दिनमा हालको भौतिक संरचनाले बिधार्थीको चापलाई थेग्न नसक्ने हुँदा जग्गा व्यवस्थापनमा पहल गर्नुपर्ने, सांगीतिक पुस्तकालय निर्माण, नेपाल स्काउटलाई प्रभावकारी गराउने, सिकाई उपलब्धीको बृद्धिकोलागि प्रभावकारी योजना निर्माण, के.जी. कक्षा संचालन, मोबाइल एपको निरन्तरता, गैर सरकारी सस्थाहरु संगको समन्वय, कक्षाकोठा प्रविधियुक्त संचालन, देववाणी बिधार्थी कल्याणकोष लाई प्रभावकारी बनाउने, समुदाय संगको सम्बन्ध बिस्तार र इ लाइब्रेरीको उचीत व्यवस्थापन गर्ने योजना बनाएको उनले बताए ।


बार्षिक उत्सव कार्यक्रमको उद्घाटन गर्दै नव निर्वाचित संघिय सांसद ठाकुर गैरेले देववाणी बिद्यालयले द्रुतगतीमा शैक्षिक फड्को मार्न सफल रहेको र आगामी दिनमा प्रविधियुक्त बिधालयकोरुपमा अघि बढाउन सदा आफ्नो साथ र सहयोग रहने बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंक प्रसाद खनाल, नेकपा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरे, नेपाली कांग्रेसका सचिव झपेन्द्र गहिरे, लुम्बिनी प्रदेश यातायात निर्देशनालयका प्रमुख भिमार्जुन पाण्डे, नगर शिक्षा प्रमुख रेशमलाल न्यौपाने, ने.रा.शि.संगठनका अध्यक्ष मोहन सापकोटा, ने.शि.संघका सचिव अशोक घिमिरे, एकिकृत अखिल नेपाल शिक्षक संगठनका सदस्य रवीलाल ज्ञवाली लगायतले बिद्यालयको उत्तरोत्तर प्रगतीको शुभकामना व्यक्त गरेका थिए ।


बार्षिक उत्सव कार्यक्रममा प्रभातफेरी, बिधार्थी तथा शिक्षकहरु बाट सांस्कृतिक कार्यक्रम प्रस्तुत, बिभिन्न शैक्षिक, बौद्धिक, शारिरिक प्रतियोगिता संचालनका साथै पुरस्कार समेत बितरण गरिएको थियो । यसै अवसरमा शिक्षकहरु प्र.अ. कुष्ण बहादुर थापा, पुर्व प्र.अ. बलराम घिमिरे, राम जीवन ज्ञवाली, शेषनारायण चालीसे, लाल कुमारी खाम्चा, कमल प्रसाद काफ्ले, कबिता पन्त, दुर्गा नेपाल, चोलाकान्त पौडेल, शाहिल भित्रीकोटी कर्मचारीहरु कृष्ण सुवाल र शेर बहादुर जर्घा मगर साथै शिक्षक अभिभावक संघका अध्यक्ष कमल प्रसाद पोखरेल लगायतलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।