नारी एकता महिला विकासको १७ औं साधारण सभा

मेचीकाली संवाददाता

२ पुष २०७९, शनिबार
166 shares


पश्चिम् अमवा ,पौष २
रुपन्देहीको सियारी गाउँपालिका -७ पश्चिम् अमवा स्थित नारी एकता महिला विकास बचत तथा ॠण सहकारी सस्थाको १७ औं वार्षिक साधारण सभा सम्पन्न भयो ।सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले साधारण सभाको उदघाटन गर्नुभयो ।सो अवसरमा बोल्दै उहाँले नारी एकता महिला विकासले संचालन गरिरहेको ढाका कपडा उद्दोग उदाहरणिय काम भएको भन्दै प्रशन्सा अ गर्नुभयो। साथै उद्योगलाई आवश्यक पर्ने औजार सामाग्रेको व्यबस्था गाउँपालिकाले सहयोग गर्नुको साथै प्रयाप्त बजेटको बिनियोजन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
साथारण सभाले आर्थिक वर्ष २०७८/०७९ को ४ करोड ५७ लाख २६ हजार ४५ रुपैयाँ ७४ पैसा बराबरको आयव्यय पारित गरेको छ।त्यसै गरि यस सहकारीले आर्थिक वर्ष २०७८/०७९ मा ६ लाख २२ हजार ५ सय ६४ रुपैया शुद्ध नाफा गरेको छ।
साधारण सभामा विभिन्न वडाका महिलाहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाकी अध्यक्ष हुमकान्ती भुर्तेलबाट वार्षिक प्रतिवेदन तथा लेखा समिति सदस्य माया भट्टराईबाट लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
सहकारी सस्थाकी अध्यक्ष हुमकान्ती भुर्तेलको अध्यक्षता, सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सियारी -६ का वडा अध्यक्ष शेरबहादुर गुरुङ ,पश्चिम् अमवा खानेपानीका अध्यक्ष झपेन्द्रराज अर्याल ,शुद्दोधन बचत तथा ॠण सहकारीका कार्यवाहक अध्यक्ष कृष्ण नेपाल , समीप बचत तथा ॠण सहकारीका अध्यक्ष माधव नेपाल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
सहकारीकी उपाध्यक्ष सरस्वती भट्टराईको स्वागत मन्तव्य ,सल्लाहकार इन्दिरा अर्यालको धन्यवाद ज्ञापन रहेको कार्यक्रमको संचालन संस्थाकी सचीव सीता भट्टराईले गर्नुभएको थियो ।