सहकारीमार्फत कृषि व्यवसायलाई प्राथमिकता दिनुपर्छः घिमिरे

मेचीकाली संवाददाता

२ पुष २०७९, शनिबार
414 shares

पार्वती आचार्य

कपिलवस्तु । कृषि सहकारी मार्फत कृषि व्यवसायलाई प्राथमिकता दिन सके सहकारीको स्तरलाई बृद्धि गर्न सकिने राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले बताउनु भएको छ । संघिय सरकारको स्थायीत्व नभएका कारण र नेपालमा पटक पटक सरकार बन्ने र ढल्ने प्रवृतिले गर्दा कृषि क्षेत्रमा धेरै घाटा भएको बताउनु भयो । जनसेवा कृषि सहकारी संस्था लिमिटेड बाणगंगा ७ मोतिपुरको १५ औं वार्षिक साधारण सभालाई संबोधन गर्दै राष्ट्रिय सभा सदस्य घिमिरे यस्तो बताउनु भएको हो ।

सहकारीले ऋण लगानी गर्दा कस्ता व्यक्तीहरुलाई लगानी गरेको छ अनुगमन गर्न जरुरी रहेको बताउनु भयो । किसानहरुले समयमा बिउबिजन र मलखाद नपाउनु दुखको बिषय भएको बताउँदै यस बिषयमा पटकपपटक सम्बन्धित क्षेत्रमा प्रस्तावहरु राखेको बताउनु भयो । कृषि क्षेत्रलाई व्यवसायीक रुपमा लैजान कृषि योग्य जमिनलाई प्रयोगमा ल्याउन आग्रह गर्दै आफ्नो क्षेत्रबाट पूर्ण सहयोग रहने प्रतिवद्धता समेत जनाउनु भयो ।

यसैगरी बाणगंगा नगरपालिकाका कृषि शाखा प्रमुख लेष बहादुर केसीले कृषि सहकारीहरुले कृषि क्षेत्रमा लगानी लगाउनु पर्ने बताउनु भयो । कृषि क्षेत्रलाई फराकिलो बनाउन समूह मार्फत संचालन गरिनुपर्ने बताउनु भयो । कृषि क्षेत्रमा बजेट न्यून हुने हुँदा किसानहरुको अपेक्षाहरु पुरागर्न नसकिएको बताउनु भयो । सम्पूर्ण किसानहरुलाई बिउबिजन र मलखाद समयमा दिनुपर्छ भन्ने बिषयमा कृषि शाखा सचेत छ तर मलखादको बिषयमा राष्ट्रिय समस्या भएको हुँदा समयमा किसानहरुलाई उपलब्ध गराउन नसकिएको केसीले बताउनु भयो ।

कार्यक्रमका बिशिष्ट अतिथी वडा नं. ७ का वडा अध्यक्ष बिष्णु गिरीले सहकारीको वर्तमान अवस्था चुनौतिपूर्ण देखिएको हुँदा शेयर सदस्यहरु सचेत हुन जरुरी देखिएको बताउनु भयो । उहाँले सहकारीका शेयर सदस्यहरु तथा कर्मचारीहरुलाई निर्धक्क भएर काम गर्न आग्रह गर्दै यस जनसेवा कृषि सहकारी संस्थालाई कुनै समस्या र चुनौति आएमा समाधानकालागि स्थानिय सरकार साथमा रहेको बताउनु भयो । वडा नं. ७ हरेक कार्यक्रममा अगाडी नै रहेको हुँदा सहकारीलाई अग्रपंक्तिमा पुराउन वडा कार्यालय प्रतिवद्ध रहेको बताउनु भयो ।

कार्यक्रममा पूर्व गाबिस अध्यक्ष तथा जनज्योति माबिका व्यवस्थापन समिती अध्यक्ष नेत्र गिरीले साधारण सभाको शुभकामना दिंदै बचत बृद्धिमा लाग्नुपर्नेमा जोड दिनु भयो । यस्तै वडा सदस्य हरिशंकर पौडेल , बिद्यार्थी रेजिना आचार्य लगाएतले धारणा राख्दै सबैले बचत गर्नेको बानी बसाल्नु पर्नेमा जोड दिएका थिए ।

उक्त कार्यक्रममा संस्थाका अध्यक्ष टोप बहादुर थापाद्वारा आर्थिक प्रगती प्रतिवेदन तथा आर्थिक वर्ष २०७९/०८० को लागि प्रस्तावित निती तथा भावि योजनाको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । लेखा संयोजक झगेश्वर अर्यालले लेखा परीक्षकको प्रतिवेदन प्रस्तुत गर्दै लेखाको निती लेखा सम्बन्धि टिप्पणीकोबारेमा जानकारी दिनु भएको थियो । भने कोषाध्यक्ष अम्मर बहादुर गुरुङ्गले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदन माथि सहभागिहरुले जिज्ञासा राखेका थिए ।

कार्यक्रममा उत्कृष्ट शेयर सदस्य गंगा बहादुर कार्की , जेष्ठ नागरिक शेयर सदस्य डबकला आचार्य , उत्कृष्ट बचतकर्ता सोनु थापा मगर , बाल बचत उत्कृष्ट अबि थापा मगर , परिधि पौडेल , असल ऋणी खिमकला आचार्य र सहकारीकी कान्छी सेयर सदस्य तथा एकल महिला शान्ता रजाली मगरलाई दोसल्लाहले सम्मान गरिएको छ । एसईईमा उत्कृष्ट रेजिना आचार्य , कोबित कुमार आचार्यलाई शैक्षिक सामाग्रीद्वारा सम्मान गरिएको थियो ।

यस्तै संस्थाको कार्यालय व्यवस्थापनमा आर्थिक सहयोग गरेको भन्दै वडा नं. ७ का वडा अधयक्ष बिष्णु गिरी र फुलबारी सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष जयलाल गिरीलाई सम्मान पत्रले सम्मान गरिएको छ ।

जनसेवा कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको १५ औं वाषर्र््िाक साधारणसभामा संस्थाका अध्यक्ष टोप बहादुर थापाको अध्यक्षतामा राष्ट्रिय सभा सदस्य बिमला घिमिरेको प्रमुख आतिथ्यता , संस्थाका उपाध्यक्ष राम बहादुर बस्नेतको स्वागत तथा सचिव मिना थापा क्षेत्रीको संचालनमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष , वडा सदस्य , टोल बिकास सस्थाका अध्यक्षहरु ,साना किसान सहकारी संस्थाका अध्यक्ष , फुलबारी सामुदायिकका बनका अध्यक्ष , शेयर सदस्यहरु संचारकर्मी लगाएतको सहभागिता रहेको सहकारीका व्यवस्थापक पुष्पा थापाले जानकारी दिनु भयो । २०६४ सालमा ३२ जना शेयर सदस्यबाट स्थापना भएको सहकारीमा हाल १ हजार १४ शेयर सदस्य रहेका छन् ।