मोतिपुरमा मर्यादित महिनावारी सम्बन्धि ३ दिने तालिम सम्पन्न

मेचीकाली संवाददाता

२ पुष २०७९, शनिबार
283 shares


तुलसीराम पौडेल —
मोतिपुर, पौष २
रुपन्देहीको बुनपा -१७ मोतिपुरमा मर्यादित महिनावारी सम्बन्धि ३ दिने तालिम सम्पन्न भयो ।मोतिपुर सामुदायिक सिकाइ केन्द्रको आयोजना , मोतिपुर कृषि सहकारी सस्था एवं मातेश्वरी बहुउद्देश्यीय सहकारी सस्थाको सह आयोजनामा सो तालिम सम्पन्न भएको हो ।
तालिमको सहजीकरण प्रशिक्षक गिरीराज अधिकारी र दिपा पाण्डेले गर्नुभएको थियो।
तालिममा ११० जना महिलाहरु सहभागी थिए ।
कार्यक्रम मोतिपुर सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष कपिलमणी ढकालको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
मातेश्वरी बहुउद्देश्यीय सहकारी सस्थाकी अध्यक्ष माया थापाको स्वागत मन्तव्य ,मोतिपुर कृषि सहकारीकी अध्यक्ष उर्मिला रेग्मी नेपालको धन्यवाद ज्ञापन रहेको कार्यक्रममा बुटवल -१८ का वडा अध्यक्ष गुरु प्रसाद पङ्गेनी ,बुटवल -१९ का वडा अध्यक्ष चन्द्रसिह थापा ,बुटवल -१७ कि महिला सदस्य देवि थारू ,नेकपा एमाले बुटवल १७ का अध्यक्ष खिमानन्द पाण्डे , सिकाइ केन्द्रका सल्लाहकार रणबहादुर राना ,,नेपाली काङ्ग्रेस बुटवल -१७ का अध्यक्ष बाबुराम घिमिरे , लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रमको संचालन सामुदायिक सिकाइ केन्द्रकी सचीव मिनुता गर्नुभएको थियो ।