बगनासकाली बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

३ पुष २०७९, आईतवार
275 shares


पाल्पा । बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बगनासकाली गाउँपालिका पाल्पाको चौंथो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद ठाकुरप्रसाद गैरेले कृषिलाई आधुनिकीकरण गरेर युवालाई व्यावसायमा जोडन् सके मुलुककै आर्थिक उन्नतिमा टेवा पुग्ने बताए । सभालाई सम्बोधन गर्दै गैरेले किसानहरुले खेती लगाउने बेलामा बीउ मल नपाउने समस्याको दीर्घकालीन समाधान गर्न र किसानका उत्पादनले बजार पाउने ग्यारेन्टी हुने काममा नितिगत रुपमा लाग्ने बताए । आफूले यस सहकारी र यहाँ आवद्ध किसानहरूको आर्थिक प्रगतिका सक्दो सहयोग गर्ने गैरेले प्रतिवद्धता समेत जनाए ।


लुम्बिनी प्रदेश सरकारका उर्जा, जल तथा सिंचाइमन्त्री वीरबहादुर रानाले बाँझिएका जमिनमा सिंचाइको व्यवस्था मिलाएर व्यावसायिक कृषि प्रणाली अपनाउनुपर्ने बताए । तीनै तहका सरकारले समन्वय गरेर किसानका हितमा काम गर्नसके रित्तिएका गाउँमा फेरी मानिस फर्कने उनले बताए । प्रदेश सांसद तुलाराम घर्तिमगर (बसन्त)ले उत्पादनमा सहकारीलाई किसान संग जोड्न सकेमात्र समाजवाद उन्मुख परिकल्पना सकार हुने बताए । बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले स्थानीय सरकारले पूर्वाधार विकाससँगै यहाँको कृषिलाई व्यवसायिकरण गर्ने खालका कार्यक्रममा सहयोग गर्दै आएको बताईन ।

सहकारीको स्थापना र बिकासक्रम जनताकोआवस्यकता भएको बताउदै समृद्ध बगनासकाली निर्माणमा सहकारीको महत्त्वपूर्ण भुमिका रहने उनले बताईन ।
सभामा बगनासकाली गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठक, वडा नम्बर ८ का वडाध्यक्ष मोतीलाल बस्याल, ९ का वडाध्यक्ष थानेश्वर तिमिल्सेना, जिल्ला सहकारी संघका अध्यक्ष भूपति पाण्डे, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सेना, मालरानी कृषि तथा पशुपंक्षी सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद बस्याल, बगनासकाली सकारीका सल्लाहकार समितिका संयोजक गणेश बस्याल, शेयर सदस्य गणेश बस्याल, हरिकला घिमिरे लगायतले शुभकामना दिएका थिए ।


लेखा सुपरिवेक्षण समितिका संयोजक रवीलाल तिमिल्सेनाले आन्तरिक लेखा व्यवस्थाका बारेमा भइरहेका गतिविधिका बारेमा राम्रो पक्षको र सुधार गर्नुपर्ने पक्षमा सुझाव दिएका थिए ।
सभामा सहकारीका अध्यक्ष कृष्णप्रसाद भुसालले करिब दश करोड बराबरको आय व्याय प्रस्तुत गरेका थिए । उनका अनुसार गत आर्थिक वर्षमा १५ लाख बढी शुद्ध नाफा भएको, सहकारीमा १ हजार २ सय शेयर सदस्य र ७ सय बाल बचतकर्ता रहेको बताए । २०७६ सालमा स्थापना भएको सहकारीले आफ्नै भवनबाट सेवा दिंदै आएको छ । हाल १० जना कर्मचारी कार्यरत छन् । गाउँपालिका भित्रका दुइ ठाउँबाट सेवा विस्तार गर्ने योजनामा रहेको उनको भनाई थियो ।


सहकारीले विभिन्न सरकारी निकायसँग सहकार्य गरेर सहकारीमा आवद्ध किसानलाई उन्नत जातका भैंसी अनुदान दिएको छ । हाल तानसेनमा दूध डेरी सञ्चालन गरेर किसानले उत्पान गरेको भैंसीको दूध बिक्री गर्दै आएको छ । यस्तै अकबरे खुर्सानी र कुरिलो खेतीमा किसानलाई आकर्षित गर्न आर्थिक तथा भौतिक सहयोग गर्दै आएको सचिव कमलराज तिमिल्सेनाले बताए ।
कार्यक्रममा ब्यवसायिक रुपमा सफल उधमीहरु गीता घिमिरे, नियमित दुध बिक्री गर्ने सीता बस्याल , अकबरे खुर्सानी तर्फ मथुरा भुसाल र राम प्रसाद बस्याल लाई सहित सम्मान गरेको छ ।


कार्यक्रममा ८४ बर्ष पूरा भएका जेष्ठ सेयर सदस्य ६ जनालाइ, पुर्व अध्यक्ष बामदेव बस्याल पत्रकार तर्फ माधव अर्याल लगायत संस्थालाई सहयोग गर्ने विभिन्न ब्यक्तिहरुलाइ सम्मान गरीएको थियो । संस्थाका सेयर सदस्यहरुका छोराछोरी मध्येका उत्कृष्ट अंक ल्याउने सम्मान पत्र र मायाको चिनोले सम्मान गरीएको थियो ।