ब्राउन सुगरसहित २ जना पक्राउ

मेचीकाली संवाददाता

४ पुष २०७९, सोमबार
277 shares

सुनिल आचार्य

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ब्राउन सुगर सहित २ जना नागरिकलाई पक्राउ गरेको छ । पुस ३ गते शिवराज नगरपालिका ४ बर्गदवा गाउँबाट हाईवे तर्फ आउदै गरेको रा ७ प ७९७८ नं. को स्कुटीलाई चेकजाँच गर्ने क्रममा दुईजनालाई पक्राउ गरिएको हो ।

वडा प्रहरी कार्यालय चन्द्रौटाको प्रहरी टोलिले शंका लागेपछि उक्त स्कुटीमा सवार रहेका प्युठान माण्डबी गाउँपालिका २ बस्ने २३ वर्षिय कुसल ठेडी मगर र सोही जिल्ला स्वर्गद्वारी नगरपालिका ४ भिङ्ग्री बस्ने २६ वर्षिय निलेश श्रेष्ठलाई ब्राउन सुगर सहित पक्राउ गरिएको हो ।

चेकजाँच गर्दा स्कुटीका धनी कुसल ठेडी मगरको साथबाट ब्राउन सुगर (ला.औ.) जस्तो देखिने ६०० मिलि ग्राम फेला पारी स्कुटी र निज नागरिकहरुलाई नियन्तरणमालिई आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मिन बहादुर घलेले जानकारी दिए ।