एमालेको संसदीय दलको नेतामा ओली

मेचीकाली संवाददाता

६ पुष २०७९, बुधबार
229 shares

बुटवल । नेकपा (एमाले) ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मंगलबार बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई दलको नेता चयन गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुभास नेम्वाङको समर्थनमा अध्यक्ष ओेली संसदीय दलको नेतामा निर्विरोध चयन भएका हुन् । एमाले ७८ सिटसहित प्रतिनिधिसभामा दोस्रो पार्टीको रुपमा रहेको छ ।