सिद्धबाबा मन्दिरमा राष्ट्रपति भण्डारीले बिशेष पुजा गर्ने

मेचीकाली संवाददाता

७ पुष २०७९, बिहीबार
146 shares

बुटवल । राष्ट्रपति बिद्यादेवी भण्डारीले पाल्पाको सिद्धबाबा मन्दिरमा बिशेष पुजा गर्ने भएकी छिन् ।

रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गरेको १५ औँ राष्ट्रिय औद्योगिक प्रर्दशनीको उद्घाटनका लागि बुटवल आउन लागेकी राष्ट्रपति भण्डारीले रूपन्देही र पाल्पाको सिमाना नजिकै पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा मन्दिरमा विधिपूर्वक पूजा आराधना एवं दर्शन गर्ने कार्यक्रम तय भएको सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष दल बहादुर गुरुङले जानकारी दिए ।

राष्ट्रपति भण्डारी आउने भएपछि मन्दिरमा स्वागतका लागि आबश्यक तयारी पुरा भएको उनले बताए । राष्ट्रपति भण्डारीले आज दिउसो २ बजेदेखि मन्दिरमा बिशेष पुजा गर्ने कार्यक्रम रहेको छ । सिद्धबाबा मन्दिरमा पहिलो पटक राष्ट्रपतिले पुजा गर्ने अध्यक्ष गुरुङले बताए । सिद्धार्थ राजमार्गको छेउमै अवस्थित यो मन्दिरमा प्राकृतिक सम्पदाले पनि भरिपूर्ण छ । यस मन्दिर परिसरमा शिवजीको मूलमन्दिर, गणेश, नाग, मनसादेवी, विश्वकर्मा बाबाको मन्दिरका साथै अखण्ड धूनी समेत रहेको छ ।