उजीरसिंह माविको ५९ औं वार्षिक उत्सव सम्पन्न

मेचीकाली संवाददाता

७ पुष २०७९, बिहीबार
480 shares

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर २ स्थित उजिरसिंह माध्यामिक विद्यालयको ५९ औं वार्षिकउत्सव तथा अभिभावक दिवस बिहीबार सम्पन्न भएको छ ।

विद्यालयको वार्षिकउत्सवको उद्घाटन गर्दै वडा अध्यक्ष सुनील शाक्यले उजीरसिंह इतिहास बोकेको सामुदायिक विद्यालयको भएको बताउँदै यसको संरक्षण र विकास गरी शैक्षिक गुणस्तर विकास गर्नुपर्ने बताए । शाक्यले विद्यालयको विकासको लागि पालिकाबाट सहयोग हुने बताए । विद्यालयका प्रधानाध्याप पदमराज ज्ञवालीले विद्यालयको भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तरमा गुणात्मक परिवर्तन आएको बताए । विद्यालयमा १ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयको विकासमा वडा र पालिकाबाट आवश्यक सहयोग गर्दै जाने विद्यालयका पूर्व शिक्षक तथा जनप्रतिनिधि गौतमलाल शाक्यले बताए ।

२०२० सालमा निशुल्क अनिवार्य प्राथमिक शिक्षा लागु हुंदा विद्यालय स्थापना भएको थियो । सोहीअनुुसार विद्यालय केन्द्र ५ अन्तर्गत थियो । प्राथमिक पाठाशालाकै रुपमा सञ्चालन भइरहेको विद्यालय २०२९ सालमा निमावि स्तरको स्वीकृति प्राप्त गरेपछि नेपालका ऐतिहासिक वीर योद्धा उजिर सिंह थापाको सम्झनामा यस विद्यालयको नाम उजिर सिंह नि.मा.वि. रहन गएको थियो ।

२०३८ सालदेखि मा.वि.स्तरका कक्षाहरु सञ्चालन हुंदै आईरहेकोे विद्यालयले वि.स. २०५२ सालमा मा.वि. स्तरको स्वीकृती प्राप्त ग¥यो र शैक्षिक सत्र २०७६ देखि कक्षा ११/१२ संचालन सुरु गरेको यस विद्यालयमा हाल शिक्षा, मानविकी तथा व्यवस्थापनअन्तर्गत विभिन्न विषयहरुको पठनपाठन भईरहेको छ । अहिले यस विद्यालयले भौतिक तथा शैक्षिक गुणस्तरमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावकज्यूहरु शिक्षा प्रेमी समाजसेवी तथा शिक्षकको सहयोगमा व्यापक सुधार गरिरहेको सहयाक प्रअ बशुन्धरा भुसालले जानकारी दिइन ।

सो अवसवरमा शिक्षक अभिभावक संघका अध्यक्ष सुहा बहादुर नेपाली, शिक्षक ङनी गुङङ, भीमलाल न्यौपाने लगायतले बोलेका थिए । सो अवसरमा चन्दादाता, शिक्षक, विद्यार्थी, पूर्व शिक्षक, समाजसेवी विद्यालय व्यवस्थापन समितिका विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।