भारतको चेन्नै जान हिँडेका महेन्द्र बेपत्ता, खोजिदिन परिवारको आग्रह

मेचीकाली संवाददाता

८ पुष २०७९, शुक्रबार
577 shares

पर्वत । पर्वतको फलेवास नगरपालिका–२, थापाठाना, खनारजुदारे स्थायी घर भएका महेन्द्र भण्डारी गत पुस १ गेतेबाट सम्पर्क बिहिन भएका छन् । ३२ वर्षीय भण्डारी विगत पाँच वर्ष भारतको तामिलनाडु (चेन्नै) मा काम गरी केही महिना अगाडि छुट्टीमा घर आएका थिए ।

उनी गत पुस १ गते पर्वतको कुश्माबाट चेन्नै जानको लागि बुटवलको बसमा चढेको बताईएको छ । बुटवल पुगेपछी उनले आफ्नो झोला, मोबाईल र अन्य कागजातहरु छोडेर सुनौलीतर्फ हिँडेको र त्यसपछी सम्पर्कबिहिन भएको उनका दाई शिव भण्डारी बताए ।

आठ दिन बितिसक्दा पनि भाइ सम्पर्कमा नआएपछि खोजिदिन उनले आग्रह गरेका छन् । कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय अथवा फोन नम्बर ९८६५४७१६४० मा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।