ब्राउन सुगरसहित एकजना पक्राउ

मेचीकाली संवाददाता

८ पुष २०७९, शुक्रबार
214 shares

सुनिल आचार्य
कपिलवस्तु । लागु औषध (ब्राउन सुगर) सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका १२ हरिगवा स्थित लु ७६ प ३६८३ नम्बरको मोटरसाईकलमा सवार कृष्णनगर नगरपालिका १२ मानपुर बस्ने २२ वर्षीय दुर्गा प्रसाद खटिकलाई पक्राउ गरिएको हो ।

ईलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा उनको साथबाट लागु औषध ब्राउन सुगर खैरो हिरोईन जस्तो देखिने पदार्थ अन्दाजी ४५ ग्राम सहित खटिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक मिन बहादुर घलेले जानकारी दिए ।

पछिल्लो समय खुला नाकाको फाइदा उठाउदै नेपाल–भारत सिमा क्षेत्रमा लागू ओैषधको तस्करी बढ्दै गएको छ । उक्त घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।