जिल्ला संरक्षण बिषयगत क्षेत्र समन्वय समितीको बैठक सम्पन्न

मेचीकाली संवाददाता

८ पुष २०७९, शुक्रबार
247 shares

सुनिल आचार्य

कपिलवस्तु । जिल्ला संरक्षण बिषयगत क्षेत्र समन्वय समितीको बैठक जिल्ला प्रशासन कार्यालय तौलिहवामा सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आयोजनामा युएनएफपीएको सहयोग र सिद्धार्थ समाजिक बिकास केन्द्रको समन्वयमा जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाको निर्देश गरे अनुसार संरक्षण क्षेत्र कपिलवस्तुको बैठक समितीका संयोजक प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अध्यक्षतामा बैठक बसी बिभिन्न निणर्यहरु गरेको छ ।

बैठकमा विभिन्न सरकारी कार्यालयहरु संग समन्वय गरी एकद्वार प्रणालीबाट राहत कार्यक्रम संचालन गर्न जिल्ला प्रशासन कार्यालयले समन्वय गर्ने छ । सितलहरबाट बच्नकालागि बिभिन्न स्थानहरुमा दाउराको व्यवस्थापन गर्न प्रशासन कार्यालयले व्यवस्था मिलाउने निर्णय भएको छ । यसैगरी जिल्ला समन्वय समिती कपिलवस्तुले स्थानियतहहरुसंग आवश्यक समन्वय गर्ने छ ।

जिल्ला भित्र संचालित गैर सरकारी संस्थाहरुसंग समन्वय गरी आवश्यक व्यवस्था गैर सरकारी संस्था महासंघले गर्ने छ भने स्थानिय भाषामा रेडियो सन्देश प्रशारणको लागि पत्रकार महासंघले समन्वय गर्ने निर्णयहरु गरिएको छ । पोम नारायण पौडेलको संचालनमा सम्पन्न बैठकमा बिषयगत क्षेत्रका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।