तानसेन सहकारीको छैटौं अधिवेशन सम्पन्न

मेचीकाली संवाददाता

१० पुष २०७९, आईतवार
425 shares


नेत्र गैरे

पाल्पा । तानसेन बचत तथा ऋण तथा सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको १४ औ साधारण सभा र छैटौ अधिवेशन सम्पन्न भएको छ ।


साधारण सभा तथा अधिवेशनको शुभारम्भ गर्दै नव निर्वाचित प्रतिनिधिसभा सदस्य नारायाण प्रसाद आचार्यले सहकारीहरुले ग्रामिण क्षेत्रको अर्थतन्त्र चलायमान हुने गरी नयाँ नयाँ योजना बनाएर काम गर्नुपर्ने बताए । उनले जनताका स साना आधारभुत आवाश्यकताहरु सहकारीले पुरा गर्दै आएको बताए । सहकारीहरु जनताको आयआर्जन र रोजगारी संग जोडिने गरी काम गर्नु पर्ने संघिय सांसद आचार्यले जोड दिए । सांसद आचार्यले पाल्पाको हरेक किसिमको विकास निर्माणमा प्राथमिकताका साथ काम गर्ने प्रतिवद्धता समेत जनाए ।


साधारणसभामा अध्यक्ष भेषराज सुवेदीले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष धनिश्वर बस्यालले आर्थिक प्रतिवेदन, लेखा समितीका संयोजक भरत न्यौपानेले लेखा प्रतिवेदन पेश गरेका थिए । संस्थामा हालसम्म १०३६ जना शेयर सदस्य रहेका छन भने आव ०७८, ०७९ मा १४ लाख रुपैया खुद नाफा गरेको छ । संस्थाको शेयर पुजी ९९ लाख ९० हजार, बचत रु १० करोड ४१ लाख, कुल पुजी १३ करोड ४५ लाख, कुल कारोवार ८ करोड ३५ लाख, ऋण लगानी १२ करोड ४३ लाख ८४ हजार, ऋण असुली २ करोड ९० लाख ६८ हजार, कुल आम्दानी १ करोड ४९ लाख रुपैया रहेको कोषाध्यक्षको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।


कार्यक्रमममा जिल्ला सहकारी संघका अध्यक्ष भुपती पाण्डेले सहकारीहरुले यती नाफा कमाए भन्नु भन्दा पनि यती उधमी बनाए, यतीको संख्यामा रोजगारी दिए, यती शेयर सदस्यहरुको आम्दानी बृद्धि भयो भन्ने गरी काम गर्नुपर्नेमा जोड दिए । जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगदिश भट्टराईले सहकारीमा दोहोरो सदस्यको जती सक्दो चाडो अन्त्य गर्नुपर्नेमा जोड दिए ।


कार्यक्रममा पुर्व अध्यक्षहरु देवी प्रसाद बस्याल, धनेन्द्रराज घिमिरे, शेयर सदस्यहरु गिता पाण्डे, सन्तोष खनाल लगायतले सहकारीले खेलेको भुमिकाको बारेमा चर्चा गरेका थिए ।यसै अवसरमा सहकारीका शेयर सदस्यहरुबाट मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्यमा नारायण प्रसाद आचार्य र ठाकुर प्रसाद गैरृ प्रदेश सदस्य खेम बहादुर सारु र इन्द्र्रा कुमारी गहतराज साथै उत्कृष्ट बचतकर्ताको रुपमा शेयर सदस्य वामदेव बस्याललाई सम्मान गरेको छ ।


अधिवेशनबाट भोजराज पोखरेल( रामजी) को अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको छ । कार्यसमितीको उपाध्यक्षमा शान्ती बस्याल पाण्डेय, सचिवमा धनिश्वर बस्याल, कोषाध्यक्षमा दिपक विश्वकर्मा लाई चयन गरेको छ । यसैगरी कार्यसमिती सदस्यहरुमा प्रेम बहादुर मल्ल, शम्भु प्रसाद पौडेल, भरत प्रसाद न्यौपाने, डवकला राउत, तुल्सी गैरे घिमिरे, टोप बहादुर गाँहा, पदम गैरे, रमेश खनाल र उत्सवी ढकाल निर्वाचित भएका छन । यसैगरी लेखा समितीको संयोजकमा गुराँश आत्रेय, सदस्यमा अम्विका बस्याल पाठक र जिवनाथ गैरे चयन भएका निर्वाचन कमिटीका संयोजक जोगलाल विश्वकर्माले बताए ।