लुम्बिनीमा प्रदेश सांसदहरूको सपथ आज

मेचीकाली संवाददाता

१७ पुष २०७९, आईतवार
284 shares

बुटवल । लुम्बिनी प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । दाङको राप्ती उपत्यका (देउखुरी) स्थित प्रदेशसभा भवनमा दिउँसो १ बजे प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा सदस्यहरूलाई शपथ गराउने कार्यक्रम छ ।
लुम्बिनी प्रदेशसभामा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ सांसद छन् ।

प्रदेशसभामा १० दल र ३ स्वतन्त्र सांसदको सहभागिता रहेको छ । २९ सिट ल्याएको नेकपा एमाले प्रदेश संसदको सबैभन्दा ठूलो दलका रूपमा रहेको छ । यसैगरी, नेपाली कांग्रेस २७ सिट ल्याएर दोस्रो दल बनेको छ । ९ सिट ल्याएको माओवादी केन्द्र प्रदेशसभाको तेस्रो दल हो । राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट ४/४ जना, जसपा, लोसपा र जनमत पार्टीबाट ३/३ जना, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाबाट १/१ जना र ३ जना स्वतन्त्र सांसद छन् ।

लुम्बिनीमा एमाले र माओवादी गठबन्धनको सरकार बन्ने पक्का भए पनि नेतृत्व कसले गर्नेबारै टुंगो लाग्न बाँकी छ । प्रदेश प्रमुख शेरचनले प्रदेशसभाको अधिवेशन भोली सोमबारका लागि आह्वान गरेका छन् ।