जलदेविको १४ औं साधारण सभा तथा छैठौं अधिवेशन

मेचीकाली संवाददाता

१७ पुष २०७९, आईतवार
310 shares


तुलसीराम पौडेल —
सियारी, पौष १७
रुपन्देहीको सियारी गाउँपालिका -५ वनघुसरी स्थित जलदेवी मत्स्य उत्पादक सहकारी संस्थाको १४ औं साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न भयो ।
सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेले एक कार्यक्रमका बिच साधारण सभाको उदघाटन गर्नुभयो।
सो अवसरमा बोल्दै अध्यक्ष घिमिरेले माछाको बजार व्यवस्थापनको लागि सियारी गाउँपालिकाले पुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो। कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन एकाइ माछा सुपरजोन रुपन्देहीका प्रमुख नारायण काफ्ले ,मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवर्द्धन श्रोत केन्द्र ठुटिपिपलका वरिष्ठ मत्स्य विकास अधिकृत महेश चन्द गुप्ता ,सियारी वडा नम्बर -५ का अध्यक्ष धनपती खरेल ,सस्थाका सल्लाहकार प्रेमबहादुर रोकाहा ,संचय बचत तथा ॠण सहकारीका अध्यक्ष थमन बहादुर पौडेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
सम्पन्न १४ औं साधारण सभा तथा छैठौं अधिवेशनले थमन बहादुर पौडेलको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। जसको उपाध्यक्षमा शशिधर भुसाल ,सचिव अमित थापा ,कोषाध्यक्षमा सोतमी थापा खरेल ,सदस्यहरुमा रमेश यादव ,घनश्याम पराजुली ,देवकी खरेल ,ज्ञानु खड्का ,तारा पाण्डे ,टिकाराम चापगाई ,लक्ष्मी पोख्रेल सर्वसम्मत निर्वाचित हुनुभएको छ।त्यसै गरि लेखा समिती संयोजकमा गणेश बहादुर शाही सदस्यहरुमा चन्द्रकान्त बस्याल र तिला पराजुली निर्वाचित हुनुभएको छ।
ॠण उपसमिति संयोजकमा तारा पाण्डे सदस्यहरुमा गोमा दाहाल र मोतिसरा खरेल निर्वाचित हुनुभएको छ।
साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को ४ करोड ९९ लाख ९८ हजार ९ सय ८८ रुपैयाँ ७९ पैसा बराबरको आयव्यय पारीत गरेको छ।यस सस्थाले ५ लाख २२ हजार ५ सय १९ रुपैयाँ २ पैसा शुद्ध नाफा गर्न सफल भएको छ। यस सहकारीमा ३३२ जना शेयर सदस्यहरु रहेका छ्न ।
कार्यक्रममा सस्थाका निवर्तमान अध्यक्ष गणेशबहादुर शाहीद्वारा वार्षिक प्रतिवेदन ,निवर्तमान लेखा समिति संयोजक लालबहादुर बस्नेत द्वारा लेखा प्रतिवेदन प्रस्तुत रहेको थियोे ।संस्थाका निवर्तमान अध्यक्ष गणेशबहादुर शाहिको अध्यक्षतामा सप्पन्न कार्यक्रमको संचालन सल्लाहकार गोपाल पाण्डेले गर्नुभएको थियोे ।