असल बचतको १५ औं साधारण सभा सम्पन्न

मेचीकाली संवाददाता

१७ पुष २०७९, आईतवार
670 shares


तुलसीराम पौडेल –
फर्साटिकर, पौष १७
रुपन्देहीको शुद्दोधन गाउँपालिका -४ सौ फर्साटिकर स्थित असल बचत तथा ॠण सहकारी सस्था लिमिटेडको १५ औं साधारण सभा सम्पन्न भयो ।कार्यक्रमका प्रमुख अतिथि एवं शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले साधारण सभाको एक कार्यक्रमका बीच उदघाटन गर्नुभयो। सो अवसरमा बोल्दै उहाले सहकारिले योजनामा ल्याएका रचनात्मक कार्यहरुलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो।कार्यक्रममा शुद्दोधन गाउँपालिका वडा नम्बर -४ का अध्यक्ष एवं गाउँपालिका प्रवक्ता केशव अधिकारी, वाड नम्बर -३ का अध्यक्ष हेम बहादुर खड्का ,सियारी गाउँपालिका सहकारी शाखा प्रमुख मान बहादुर भण्डारी ,सस्थाका सस्थापक अध्यक्ष मधु प्रसाद खनाल ,जिल्ला सहकारी संघ रुपन्देहीका कोषाध्यक्ष दामोदर पङ्गेनी , चामुण्डा कृषि सहकारी संस्थाका उपाध्यक्ष ओम बहादुर फौदार लगायतले शुभकामना मन्तव्य दिनु भएको थियोे ।
साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को १० करोड ७६ लाख १९ हजार ६ सय ६३ रुपैया २२ पैसा बराबरको आयव्यय पारीत गरेको छ। यस सस्थाले २७ लाख ९२ हजार ७ सय ६ रुपैया ४५ पैसा शुद्ध नाफा गरेको छ।
साधारण सभामा सहकारीका अध्यक्ष बालकृष्ण पराजुलीबाट वार्षिक प्रतिवेदन प्रस्तुत , कोषाध्यक्ष शालिकराम बस्यालबाट आर्थिक प्रतिवेदन प्रस्तुत ,लेखा समिति संयोजक बलराम पाण्डेबार लेखा प्रतिवेदन प्रस्तुत रहेको थियोे ।
कार्यक्रममा असल बचत कर्ता ,असल ॠणि कर्ता, ८० वर्षका जेष्ठ नागरिक , कक्षा १२ र स्नातक तहमा उत्कृष्ट नतिजा हासिल गर्ने शेयर सदस्य सन्ततिलाई सम्मान गरिएको थियो ।
सस्थाका अध्यक्ष बालकृष्ण पराजुलीको अध्यक्षता, उपाध्यक्ष कर्ण बहादुर काफ्लेको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचीव हेमन थापाले गर्नुभएको थियो ।