मैत्री बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

१८ पुष २०७९, सोमबार
415 shares

कपिलवस्तु । मैत्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रेसुङ्गा नगरपालिका–८ गुल्मीको २१ औं वार्षिक साधारणसभा तथा आठौँ एकाइसभा कपिलवस्तुमा सम्पन्न भएको छ । ‘सहकारिता र उद्यमशिलताको विकास गरौं, आत्मनिर्भर र समृद्ध समाजको निर्माण गरौं’ भन्ने मूलनाराका साथ कपिलवस्तु एकाइ अध्यक्ष माया ज्ञवालीको अध्यक्षतामा कपिलवस्तु नगरपालिका–३ स्थित महितामा सम्पन्न गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले साधारण सभाको शुभकामना दिँदै बचतकर्ताहरुले संकलन गरेको रकम सही स्थानमा लगाउन सके सहकारी संस्थाले सजिलै फड्को मार्ने बताए । हिजोका दिनमा केही सहकारीहरुबाट भएका गलत कार्यबाट सही र सत्य कार्य गर्ने सहकारीहरुलाई केही असर पर्न गएपनि सबै सहकारीहरु गलत हुँदैनन् भन्ने सोंच राख्न आवश्यक देखिएको बताए । कपिलवस्तु नगरपालिकाभित्र नै मैत्री बहुउद्देश्यीय सहकारीको एकाइ भएको हुँदा यस सहकारीले उत्पादन गरेका चिजवस्तुहरुलाई व्यवस्थापन गर्न नगरपालिकाबाट हुन सक्ने सहयोगका लागि नगर प्रतिवद्ध रहेको बताए ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि वडा नं. ३ का वडा अध्यक्ष रुद्रप्रकाश गैरे (प्रकाश) ले सहकारी संस्थाले शिक्षा, स्वास्थ्य र खेलकुदलाई समेट्नुपर्ने बताए । सहकारीको दिगोपनालाई समाजबाट कसरी उकास्न सकिन्छ भन्ने बिषयमा शेयर सदस्यहरु जागरुक हुन जरुरी देखिएको बताए । साथै सहकारीको स्तरवृद्धि गर्न वडाबाट गर्न सकिने सहयोगमा आफू पछि नपर्ने प्रतिबद्धता जनाए

यस्तै राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश सदस्य रविन्द्रनाथ ठाकुर, सहकारीका शाखा सहयोग समितीका सदस्य बाबुराम खनाल, नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्यलगायतले शुभकामनासहित आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष खुमानन्द घिमिरेले संस्थाको कोषाध्यक्षको प्रतिबेदन, घनश्याम घिमिरेले आर्थिक प्रतिवेदन र शिवराज मरासिनीले लेखा सुपरिवेक्षण समितीको प्रतिबेदन प्रस्तुत गरेका थिए । संस्थाका सदस्य चिरञ्जीवी शर्माको स्वागत मन्तव्य तथा दिनानाथ आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रधान कार्यालय गुल्मी तम्घासमा रहेको मैत्री सहकारीले ८ वटा शाखा सञ्चालनमा ल्याएको छ । संस्थामा १३ हजार ९ सय ३७ शेयर सदस्यहरु छन् । उक्त कार्यक्रममा कार्यसमितीका सदस्यहरु शेयर सदस्यहरु, बचतकर्ताहरु, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।