सियारीमा जेष्ठ नागरिकलाई बलाङ्केट वितरण

मेचीकाली संवाददाता

१९ पुष २०७९, मंगलवार
258 shares


तुलसीराम पौडेल —
सियारी ,पौष १९
रुपन्देही स्थित सियारी गाउँपालिका वडा नम्बर – ५ सिद्दपुरमा जेष्ठ नागरीकलाई बलाङ्केट वितरण गरिएको छ। सियारी वडा कार्यालय -५ को आयोजनामा ७० बर्ष पुगेका वडा नम्बर -५ अन्तरगतका जेष्ठ नागरिकलाई एक कार्यक्रमका बीच बलाङ्केट वितरण गरिएको हो।
सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेले ब्यानर पढेर कार्यक्रमको उदघाटन गर्नुभएको थियो ।
सियारी गाउँपालिका वडा नम्बर -५ का १७५ जना ७० वर्ष पुगेका जेष्ठ नागरिकलाई बलाङ्केट वितरण गरिएको वडा नम्बर -५ का वडा सचीव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो।
कार्यक्रम सियारी गाउँपालिका वडा नम्बर -५ का वडा अध्यक्ष धनपती खरेलको अध्यक्षता , सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेको प्रमुख आतिथ्यता, उपाध्यक्ष तारा चौधरीको विशिस्ट आतिथ्यतामा सम्पन्न भएको हो।
वडा नम्बर ५ का महिला सदस्य अन्जु रोकाको स्वागत मन्तव्य ,वडा सचिव चिरञ्जीवी अधिकारीको संचालनमा सम्पन्न कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने ,वडा नम्बर ५ का पुर्व अध्यक्ष थम्मन बहादुर पौडेल ,वाड नम्बर ५ का वडा सदस्य सन्तोष शर्मा भुसाल ,टोल विकास तर्फबाट गोपाल ज्ञवाली लगायतले शुभकामना मन्तव्य दिनु भएको थियोे ।