स्पन्दन युनाइटेड क्लबको खेल पाँचौ दिनमा

मेचीकाली संवाददाता

२० पुष २०७९, बुधबार
78 shares

मुक्ति न्यौपाने
वालिङ । स्याङ्जाको वालिङमा भएको स्पन्दन युनाइटेड क्लबद्धारा संचालित फुटबल तथा भलिबल प्रतियोगीता उत्साहपुर्बक सन्चालन भइरहेको छ ।

फुटबलमा स्याङ्जा र पर्बतका २५ टिम र भलिबलमा पनि २५ टिम सहभागि छन् । प्रेम स्मृति भलिबल तथा फुटबल प्रतियोगिताको पाँचौ दिनसम्म आइपुग्दा फुटबल तर्फ ३ र भलिबल तर्फ ३ खेलहरू सम्पन्न भएको छन् ।
फुटबलतर्फ पहिलो खेल वारियर ए र एन वाइ टिम बिच भएको थियो । जसमा वारियर ए टिम १ गोलको विरूद्द ३ गोलले विजयी भएका छन । दोस्रो खेल पर्वत रोड भुम्रे २– वारियर १ (भुम्रे विजयी) भएका छन् ।

यसैगरी तेस्रो खेल नियमित समयमा होराइजन क्लब भुम्रे र रिभरसाईड क्लब बाँयाटारी समान २–२ गोल भएकोमा ट्रइबेकर (पेनाल्टी) मा होराइजन भुम्रे ६–५ गोलले विजयी भएको छ ।

सोही अनुसार भलिबलखेल तर्फ ३ खेलभएकोमा पहिलो खेल छाप्राक युवा क्लब र सोझो सेट सिसिरडांडा बीच भएको खेलमा सोझो सेट सिसिरडाडा पराजित गर्न सफल भएको छ । दोस्रो खेलमा सिमल चौतारी र क्लबलाई फुलबारी सिर्सेकोटले पराजित गर्न सफल भएको छ । तेस्रो खेलमा गर्हौकालिका क्लब आग्रीडाँडालाई सोझो सेटमा हराँउदै देवीदेउराली क्लब स्वरेक मैदान दोस्रो चरणमा प्रवेश गरेको बताएको छ ।

२५–२५ टिम रहेको खेलको प्रथम पुरस्कार पचास हजार दोस्रो पुरस्कार तिस हजार रहेको छ । खेल शनिवार सम्म सन्चालन हुने क्लबका सदस्य रेशम आलेले जानकारी दिए ।