बाणगंगा र गजेहडा भूपू सैनिक खानेपानी संस्थामा पुनः शाह चयन

मेचीकाली संवाददाता

२० पुष २०७९, बुधबार
289 shares

बसन्ती आचार्य

कपिलवस्तु । बाणगंगा र गजेहडा भूपू सैनिक खानेपानी संस्थाको अध्यक्षमा पुनः राजेन्द्र विक्रम शाह चयन भएका छन् । पुस १९ गते भएको तेस्रो अधिवेशनले शाहलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

खानेपानी संस्थाको स्थापना कालदेखि नै नेतृत्व गर्दै आएका शाह जिल्ला स्तरीय खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्ष समेत छन् ।

यस्तै उपाध्यक्षमा झलक बहादुर मल्ल ठकुरी, सचिवमा कृष्ण बहादुर शाही, कोषाध्यक्षमा राममाया राना सहित १५ सदस्यिय कार्यसमिति चयन गरिएको छ । नगरको ठूलो खानेपानी संस्थाको रुपमा रहेको भूपू सैनिक खानेपानीमा झण्डै तीन हजार उपभोक्ता छन् ।