पहिलो चरणको खेलमा वारियर्स ए, स्याङ्जा युवा क्लब र स्पन्दन विजयी

मेचीकाली संवाददाता

२१ पुष २०७९, बिहीबार
422 shares

मुक्ति न्यौपाने
वालिङ । स्याङ्जाको वालिङमा सञ्चालित प्रेम स्मृति भलिबल तथा फुटबल प्रतियोगिताको छैटौँ दिनमा दर्शकहरुको घुइँचो लागेको छ । स्पन्दन युनाइटेड क्लबको आयोजनामा प्रथम स्मृति भलिबल र फुटबल खेल सञ्चालन भइरहेको छ ।
फुटबलतर्फ बुधबार ३ खेल भएकोमा पहिलो खेल वारियर्स ए वालिङ र ट्रीनिटि क्लब तल्लो वालिङ बिच भएको थियो । जसमा पेनाल्टी सुट आउटमा वारियर्स ए ले ३–२ गोल विजयी हुन सफल भएको छ ।

दोस्रो खेलमा स्याङ्जा युवा क्लबले पर्वत रोड भुम्रेलाई ७–० ले पराजित गर्न सफल भयो । खेलमा स्याङ्जाका सकुल गुरुङले ३ गोल गर्दै प्रतियोगिताको पहिलो ह्याट्रीक गर्न सफल भएका छन ।
तेस्रो तथा अन्तिम खेल आयोजक स्पन्दन तल्लो र रामबाच्छा ब्वाइज बिच भएको खेलमा स्पन्दन यल्लोले श्रेष्ठको ह्याट्रीक सहित ६–१ गोलले जित्न सफल भएको छ ।

भलिबलतर्फ पनि ३ खेल भएकोमा पहिलो खेल पौवे गौडे स्याङ्जा र आयोजक स्पन्दन बी टिम बिच भएको थियो । आयोजक स्पन्दन बी लाई सोझो सेटमा २५–२१ र २५–१८ ले हराउँदै पौवे गौडे सफल हुन पुगेको छ ।
दोस्रो भलिबल खेलमा जुनेली युवा क्लब वालिङ–१४ तमादि र जुनतारा युवा क्लब गल्याङ –२ आम्बोट बिच भएको खेलमा जुनतारा युवा क्लब २५–११, २१–२५ र २५–१२ ले विजयी भएको छ । जगतभन्ज्याङ युव क्लब वालिङ ५ र साङ्लिघा युवा क्लब बिच भएको खेलमा जगतभन्ज्याङ २५–२३, र २५–२१ को सोझो सेटमा विजयी हुन सफल भएको छ ।

बिहीबार भलिबल तर्फका खेलहरू बिहान १० बजे देखि सुरु हुने छ भने फुटबल तर्फ क्वाटरफाइनलका खेलहरू १ बजेबाट सञ्चालन हुने खेलका संयोजकद्वय सोमबहादुर मल्ल र उत्सव हमालले बताए । प्रतियोगिताका फाइनल खेलहरू पुस २३ गते शनिवार हुनेछन् ।