रोट्रयाक्ट क्लब अफ बुटवल साउथको अध्यक्षमा खड्का

मेचीकाली संवाददाता

२५ पुष २०७९, सोमबार
468 shares

बुटवल । रोट्रयाक्ट क्लब अफ बुटवल साउथको वर्ष २०२३ /२४ लागि अध्यक्षमा सुबिन खड्का निर्वाचित भएका छन् ।

क्लबको आइतबार बसेको ४९७ औँ रेगुलर बैठकले खड्कालाई निर्वाचित गरेको हो । लामो समयदेखि रोट्रयाक्ट अभियानमा जोडिएका खड्का अगामी वर्षको लागि नेतृत्व लिन तयार भएका हुन् ।

वर्ष २०२३ /२४ लाई सफल बनाउनको लागि सचिब नबिन खनाल र कोषाध्यक्ष बिजय गुप्तासहित २४ सदस्य बोर्डको निमार्ण गरेको उनले बताए ।

क्लबलाई आगामि दिनमा थप प्रभाबकारी र शसक्त रुपमा अगाडी बढाउने बताए । समाज परिबर्तन सँगै रोट्याक्ट अभियानबाट समाजलाई सुसुचित बनाउने प्रतिबद्धता जनाए ।