संचयको अध्यक्षमा यम बहादुर रोकाहा

मेचीकाली संवाददाता

२५ पुष २०७९, सोमबार
238 shares


तुलसीराम पौडेल —
सियारी, पौष २४
रुपन्देहीको सियारी गाउँपालिका -५ बनघुसरी स्थित संचय बचत तथा ॠण सहकारी संस्थाको १३ औं साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भयो ।अधिवेशनले यम बहादुर रोकाहाको अध्यक्षतामा सर्वसम्मत नया कार्यसमिति चयन गरेको छ । त्यसै गरि सहकारीको उपाध्यक्षमा भागिरथ पाण्डे ,सचिवमा बसन्त भट्टराई ,कोषाध्यक्षमा पार्वती बुढाथोकी सर्वसम्मत निर्वाचित हुनुभएको छ। सदस्यहरुमा टंक प्रसाद ज्ञवाली ,लेखनाथ भुसाल ,तिला पराजुली ,लक्ष्मण पराजुली ,दुर्गा प्रसाद भट्टराई ,उमा अधिकारी सर्वसम्मत हुनुभएको छ।
समितिको लेखा संयोजकमा थम्मन बहादुर पौडेल हुनुभएको छ भने सदस्यहरुमा कृष्णमान श्रेष्ठ र घनश्याम न्यौपाने सर्वसम्मत निर्वाचित हुनु भएको छ।
कार्यक्रम सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेले उद्द्घाटन गर्नुभएको थियोे ।सो अवसरमा अध्यक्ष घिमिरेले सहकारीहरुले उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा संस्थाका सल्लाहकार प्रेमबहादुर रोकाहा ,सियारी -५; का वडा अध्यक्ष धनपती खरेल ,सहकारी विज्ञ चन्द्रकान्त भट्टराई ,साना किसान सहकारीकि अध्यक्ष सुमन खरेल भण्डारी ,विरेन्द मावी शिक्षक लोकनाथ सापकोटा , सियारी गाउँपालिका आर्थिक विकास शाखा प्रमुख गणेश खनाल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
सहकारीले आर्थिक वर्ष २०७८/०७९ को ३७ करोड ८७ लाख ८२ हजार २ सय ४० रुपैयाँ ३७ पैसा बराबरको आयव्यय पारीत गरेको छ।
कार्यक्रममा बिरेन्द्रमाविका दृस्टिविहिन छात्र छात्राहरुको लागि न्यानो कपडा विरेन्द्र माविका स्रोत शिक्षक लोकनाथ सापकोटालाई हस्तान्तरण गरिएको थियो ।त्यसै अवसरमा ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।
सहकारीका निवर्तमान अध्यक्ष थमन बहादुर पौडेलको अध्यक्षता, सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेको प्रमुख आतिथ्यता, निवर्तमान कार्यसमितिका सदस्य तारा पाण्डेको स्वागत मन्तव्य ,अध्यक्ष थमन पौडेलबाट वार्षिक प्रतिवेदन प्रस्तुत ,लेखासमिती संयोजक गणेश बहादुर शाहिबाट लेखा प्रतिवेदन प्रस्तुत रहेकोे कार्यक्रमको संचालन निवर्तमान सचीव भागिरथ पाण्डेले गर्नुभएको थियो ।