कांग्रेसले ढोक्सा थापेको हो भने त्यसमा माछा पर्नेवाला छैनः ओली

मेचीकाली संवाददाता

२६ पुष २०७९, मंगलवार
227 shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वसाको मत कुनै फाइदाका लागि दिएको हो भने त्यो सफल नहुने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मतको प्रस्तावमाथि बोल्दै पूर्व प्रधानमन्त्री ओलीले कांग्रेसले दिन खोजेको समर्थनमा शंका व्यक्त गरेका हुन् ।

‘यस समर्थनभित्र सदाशयताबाहेक अन्य कुरा छैन भन्ने विश्वास छ । यदि यो समर्थन कुनै जाल होइन भने यो समर्थन ढोक्सा होइन भने स्वागतयोग्य छ । ढोक्सा हो भने भन्न चाहान्छु, जाल हो भने भन्न चाहान्छु माछा नभएको नदीमा जाल फ्याँकेको छ’ उनले भने ‘यसभित्र भोलिका निम्ती अरु खालको विशेष आग्रह सोचिएको छ भने ढोक्सा रित्तै हुने छ । त्यो ढोक्सा थापिएको खोला वा खोल्सीबाट कुनै माछा बग्ने छैनन् ।’