लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले लिए सपथ

मेचीकाली संवाददाता

२८ पुष २०७९, बिहीबार
192 shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकता (देउखुरी) मा मुख्यमन्त्री गिरीलाई सपथ गराएका हुन् ।

दिउँसो १ बजे शपथग्रहणको समय तोकिएको भएपनि मन्त्रिमण्डलमा सहभागी हुने मन्त्रीहरूको टुंगो नलाग्दा मुख्यमन्त्री गिरीको शपथग्रहण ढिलागरी भएको हो । यस्तै, मुख्यमन्त्री गिरीले सानो मन्त्रिमण्डल पनि गठन गरेका छन् । नेकपा एमालेका नेता चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा केसी पनि मन्त्री बनेका छन् । उनीहरू बिना विभागीय मन्त्री बनेका हुन् ।

बुधबार प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । गिरी लुम्बनीको तेस्रो मुख्यमन्त्री बनेका हुन् ।