पाल्पा व्यापार संघको तेस्रो अधिवेशन सम्पन्न ः नयाँ नेतृत्वमा बस्याल चयन

मेचीकाली संवाददाता

३० पुष २०७९, शनिबार
418 shares


नेत्र गेरे

पाल्पा । पाल्पा व्यापार संघको पाचौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले बामदेव बस्यालको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । जसको प्रथम उपाध्यक्षमा बिष्णु बहादुर कार्की, द्धितिय उपाध्यक्षमा पशुपती बस्याल, सचिव बालकृष्ण भण्डारी, कोषाध्यक्षमा कपिल कृष्ण कार्की र सह सचिवमा नारायण बस्याल चयन भएको निर्वाचन मण्डलका सदस्य कमलराज तिमिल्सेनाले बताए ।


साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घघाटन गर्दै जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले नबिनतम सोचले मात्र पाल्पाको व्यापार र पर्यटनको बिकास हुने बताए । पाल्पाको पहिचानको रुपमा रहेका ढाका करुवाको उत्पादनका साथै स्थानिय कृषि उत्पादनलाईलाई बढ्वा दिनसके मात्र ब्यापार प्रवर्धन हुने उनको भनाइ थियो ।


कार्यक्रमका लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष टंक पोखरेलले लगानीकर्ताले लगानीको आधारमा प्रतिफल पाउन नसकेको बताए । ब्यापार ब्यवसाय मार्फत राज्यलाई बलियो बनाउने कोसिस आफुहरुले गरेको बताउदै ब्यापारको प्रवर्धनमा राज्यको ध्यान जानू आवस्यक रहेको कुरामा उनले जोड दिए ।


उद्घाटन कार्यक्रममा पाल्पा ब्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेलले पाल्पाको पुरानो ब्यापारिक केन्द्रको साख जोगाउने काममा निरन्तर लागेको बताए । ब्यापारीहरुको पिर मर्का, एकताका र हकहितका लागि पाल्पा व्यापार संघ निरन्तर लागेको उनको भनाइ थियो । उनले पाल्पामा सुरक्षित र सुबिधायुक्त पर्यटनको बिकास गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटनको उल्लेख्यरुपमा बृद्धि भई जनताको आर्थिकस्तरमा सुधार ल्याउन सकिने बताए ।


संस्थाको प्रतिबेदन प्रस्तुत गर्दै सचिव फर्सुराम पौडेलले संस्थामा ८सय सदस्य रहेको र ११ सय पुर्याउने योजना रहेको , कर शिक्षा संचालन गर्ने ,यातायातको पार्किङ ब्यवस्थापनमा पहल गर्ने बताए ।
कार्यक्रममा बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी , तिनाउ गाउपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ , रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायण कार्की, नेकपा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरे ,नेपाली कांग्रेस पाल्पाका बिधान श्रेष्ठ , नेकपा माओवादी केन्द्रका सचीव मथुरा ढकाल, रा.स्व.पार्टीका उपाध्यक्ष नारायण न्यौपाने राप्रपाका जिल्ला अध्यक्ष डुल बहादुर कुवर अध्यक्ष , रास्ट्रीय जनमोर्चाका नरमती सिङ्जाली,नेकपा समाजवादीका मोहन गैरे ,प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थ,रुपन्देही बाणिज्य संघका प्रथम उपाध्यक्ष प्रकाश ढकाल , उद्योग बाणिज्य संघ पाल्पाका अध्यक्ष सैलेन्द्र भट्टराई , गल्याङ च्याम्वरका अध्यक्ष गंगा प्रसाद श्रेष्ठ , समाजसेवी बुद्धि प्रसाद शर्मा लगाएत बोल्दै आर्थिक बिकासका लागि सरकार ,निजि क्षेत्र सहकारी उत्तिकै महत्व रहेको बताउदै ब्यापार प्रवर्धनमा सबैको उत्तिकै चासो र चिन्तन हुनु पर्ने भनाइ थियो ।