पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटना

मेचीकाली संवाददाता

१ माघ २०७९, आईतवार
290 shares

पोखरा । पोखरामा यति एयरलाईन्सको विमान दुर्घटना भएको छ । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताएका छन् ।

काठमाडौं विमानस्थलबाट बिहान १०:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु थिए। जहाज पाइलट कमल केसीले उडाएका थिए। अहिले उद्धार कार्य भइरहेको छ ।