नेतृत्व तथा क्षमता बिकास तालिम सुरु

मेचीकाली संवाददाता

४ माघ २०७९, बुधबार
192 shares

पार्वती आचार्य
कपिलवस्तु । नेतृत्व तथा क्षमता बिकास तालिमको शुरु गरिएको छ । बाणगंगा नगरपालिकाका महिला दिदीबहिनीहरुको क्षमताको बिकास गर्नका लागि तिन दिने तालिमको मंगबारदेखि शुरु गरिएको छ । सिद्धिपुर सामाजिक महिला बिकास संस्थाको आयोजना तथा बाणगंगा नगरपालिकाको सहयोगमा नगरपालिकाको वडा नं. ४ स्थित सिद्धिपुरमा उक्त कार्यक्रमको शुरु गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी वडा नं.२ का वडा सदस्य तथा कार्यपालिका सदस्य शान्ता पाण्डेले समाज रुपान्तरण गर्न महिला दिदीबहिनीहरुलाई शसक्तिकरण गर्न आवश्यक भएको बताइन् । पछिल्लो समयमा बिभिन्न प्रकारका हिंसात्मक घटनाहरुबाट महिला तथा बालबालिकाहरुले समस्याहरु खेप्दै आईरहेको बताइन । नेतृत्व तथा क्षमता बिकासको तालिमले आफ्नो घर परिवार, छिमेक र समाजमा भैरहेका बिभिन्न बिकृतिहरुलाई न्यूनिकरण गर्न सहज हुने र आफ्नो अधिकारको सुनिश्चितताको लागि सहयोग पु¥याउने बताइन् ।

यस्तै सिद्धार्थ सामाजिक बिकास केन्द्रका सदस्य ईन्दिरा भट्टराईले राजनितीमा महिलाहरुको संख्या ५० प्रतिशतको माग गर्नकालागि यस तिन दिने नेतृत्व तथा क्षमता बिकास तालिमले सहयोग पु¥याउने बताइन् । अधिकार प्राप्त गर्न धेरै संघर्ष गर्नुपर्ने भएको हुँदा तालिममा धेरै कुराहरु सिक्न आग्रह गरिन् ।

सिद्धिपुर सामाजिक महिला बिकास संस्थाका अध्यक्ष सिता न्यौपानेको अध्यक्षतामा शुरु भएको तिन दिने तालिममा इन्सेक जिल्ला प्रतिनिधी पार्वती आचार्य, बरिष्ठ मानव अधिकारकर्मी तथा तालिमका प्रशिक्षक रोमकान्त घिमिरे, सिद्धार्थ सामाजिक बिकास केन्द्रका सदस्य ईन्दिरा भट्टराई, बुद्ध दर्पण राष्ट्रिय दैनिकका सम्पादक पार्वती पाण्डे लगाएतको आतिथ्यता रहेको थियो ।

उक्त तालिममा संस्थाका कोषाध्यक्ष लक्ष्मी गोदारको स्वागत तथा सचिव नमूना पौडेलको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । तालिममा नेता र नेतृत्वबारे जानकारी, नेतृत्वका बिशेषताहरु, नेतृत्व बिकासका प्रकार, नेतृत्वमा हुनुपर्ने गुणहरु, क्षमता बिकास गर्ने तरिकाहरु लगाएतको बिषयमा रोमकान्त घिमिरेले सहजी करण गर्नेछन् । तालिममा नगरपालिकाको ११ वटै वडाका ४१ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।