रिद्धिसिद्धि पार्टी प्यालेसकाे१० औं वार्षिकोत्सवमा विभिन्न कार्यक्रम

मेचीकाली संवाददाता

४ माघ २०७९, बुधबार
194 shares

रुपन्देहीको शुद्धोधन गाउँपालिका ४ स्थित रिद्धिसिद्धि पार्टी प्यालेसकाे१० औं वार्षिकोत्सब तथा तेस्रो रिद्धिसिद्धि फूड फेस्टिबल-२०७९ सन्चालन हुने भएको छ ।
शुद्धाेधन-४, फर्साटिकर बजार रिद्धिसिद्धि पार्टी प्यालेसले
माघ ६ र ७ गते सन्चालन हुने बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ।सो पत्रकार सम्मेलनमा
रिद्धिसिद्धि पार्टी प्यालेसका संचालक केशव कंडेलले
कार्यक्रम अवधिमा नेपाली समुदायको परम्परागत हस्तकला, काष्ठकला, राखिने र विभिन्न खानका परिकार समेत राखिने र त्यस्तै नेपाली र थारू समुदायले खाने परिकार, चामलको रोटी, ढिक्री, घोङ्घी, माछा, गङ्गटा लगायतका परिकारसमेत राखिने पार्टी प्यालेसका संचालक केशब कंडेल बताउनु भएको छ। यस्तै कार्यक्रममा नेपाली सामुदायिकका खानाको परिकारमा फापर कोदो गहुँ जौ काे ढिडो लगायत का विभिन्न खानाकाे परिकार मटन बिरेयानी,मट्का मटन र दन्दुरी चिया समेत विशेष रुपमा राखिने र करिव २५ प्रकारका खाने परिकार ८ ओटा स्टलमा ब्यबस्थापन गरिने साथै सय रुपैया को टिकट राखिएको छ उक्त टिकट बराबरको कार्यक्रममा खाने परिकार खान दिइने र मम खाने प्रतियोगिता समेत राखिने मेनु तयार गर्दा १० प्रतिशत छुट गरेर मेनु तयार हुने र नेपाली समुदाय बाट लोभ हुने लागेका विशेष सामाग्री हरुर परिकार राखिने कडेलले बताउनु भएको छ। साथै कार्यक्रम लागत करिव ४ लाख को अनुमान गरिएको समेत बताउनु भयो।पत्रकार सम्मेलनमा बोल्दै भुजौली अङ्ग्रेजी माविका प्रीन्सिपल झलक थापा, सिदार्थ इङ्लिस बोर्डिङ स्कुलका प्रीन्सिपल डिल्लिराम पौडेल कार्यक्रम यो क्षेत्रकै आकर्षको रुपमा स्थापित हुने बताउदै कार्यक्रममा विभिन्न किसिमाका खाना परिकारले पर्यटन क्षेत्रमा समेत यो क्षेत्रलाई बिकासमा टेवा पुग्ने भनाइ राख्नु भयो । यस्तै कार्यक्रममा साँस्कृतिक कार्यक्रम संयोजक रवि रानाले राष्ट्रिय र स्थानीय कलाकार हरु बाट भरपुर मनोरञ्जन दिने बताउनु भयो रानाले लोभ हुँदै गएको लोक दोहोरी ६ गते र डिजे लगाएत का अन्य कार्यक्रम ७ गते सन्चलान हुने बताउनु भयो ।रुपन्देहीको शुद्धोधन गाउँपालिका रिद्धिसिद्धि पार्टी प्यालेसमा सुरु हुने कार्यक्रममा करिव १५ सय भन्दा बडीले अवलोकन गर्ने कार्यक्रम आयोजकले जनाएको छ ।