बरामद सामान भन्सार चलान

मेचीकाली संवाददाता

५ माघ २०७९, बिहीबार
143 shares

सुनिल आचार्य

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका २ स्थित भारतिय सिमानाकाबाट अबैध रुपमा भन्सार छली गरी बेवारिसे अवस्थामा बाटोमा राखेको अन्दाजी ९५ हजार बराबरको सामानहरु बरामद गरी भन्सार चलान गरिएको छ ।

माघ ४ गते भन्सार छलि गरेर अवैध रुपमा बाटोमा राखेको हार्डवयर तथा किरानाका समानहरु ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिगएको प्रहरी गस्ती टोलीले बरामद गरेको हो ।

उक्त सामानहरुलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कृष्णनगर कपिलवस्तु पठाईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा प्रवक्ता मिन बहादुर घलेले बताए ।