महिलाहरुलाई शसक्तिकरण गर्ने पहिलो प्राथमिकताः उपप्रमुख चौधरी

मेचीकाली संवाददाता

५ माघ २०७९, बिहीबार
346 shares

पार्वती आचार्य
कपिलवस्तु । बाणगंगा नगरपालिकाकी उपमेयर रीताकुमारी चौधरीले महिलाहरुलाई शसक्तिकरण गर्ने पहिलो प्राथमिकता भएको बताइन् । तीनदिने नेतृत्व तथा क्षमता विकास तालिमको समापन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले यस्तो बताइन् । उनले ग्रामीण क्षेत्रका पछाडि परेका महिला दिदीबहिनीहरु र विभिन्न जातजातीहरुको क्षमता बृद्धि गर्न विभिन्न सचेतनामूलक कार्यक्रमहरुको सञ्चालन गर्ने उपमेयर चौधरीले बताइन्।

कार्यपालिकाका सदस्य चन्द्रावती थारुले महिलाहरुको क्षतामा वृद्धि गर्न सकियो भने महिला दिदीबहिनीहरुको शसक्तिकरण हुने छ र समाजमा हुने विभिन्न प्रकारका हिंसाहरुमा न्यूनीकरण हुने बताउँदै तालिममा सिकेको कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गरिन् ।

यस्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख शुशिला पन्तले नगरपालिकाले महिला , बालबालिका, अपांगता भएका व्यक्तिहरु र जेष्ठ नागरिकहरुकालागि बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको बताइन् । महिलाहरुको क्षमता बृद्धिगर्न सके टोल, समाज र नगरको गरिमा समेत उच्च राख्न सकिने भएको हुँदा नगरका सम्पूर्ण वडाहरुमा क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरु गर्दै आएको बताउँदै सहभागिहरुले तालिमका सिकेका बिषयहरु आ आफ्नो क्षेत्रमा लागूगर्न आग्रह गरीन ।

शिक्षक महासंघका जिल्ला अध्यक्ष देवकला सुवेदी कमालले महिला दिदीबहिनीहरु घरदेखि राष्ट्रसम्मको नेता भएको हुँदा छोटो समयमा सिकेका महत्वपूर्ण बिषयहरुलाई लिएर अगाडि बढ्न सुझाव दिइन् । यसैगरी मानव अधिकारका लागि महिला एकल महिला समूहका जिल्ला अध्यक्ष रुपादेवी राईले यस नेतृत्व तथा क्षमता बिकास तालिममा एकल महिलाहरुलाई समेत तालिममा समेटेको भन्दै आयोजक संस्थालाई धन्यवाद दिइन् ।

मानव अधिकार एलाएन्सका केन्द्रिय सदस्य तथा प्रशिक्षक रोमकान्त घिमिरेले तिन दिनसम्मको तालिममा नेता र नेतृत्वबारे जानकारी, नेतृत्वका विशेषताहरु, नेतृत्व विकासका प्रकार, नेतृत्वमा हुनुपर्ने गुणहरु, क्षमता विकास गर्ने तरिकाहरु लगायतको बिषयमा सहजी करण गरेका थिए ।
बाणगंगा नगरपालिकाका महिला दिदीबहिनीहरुलाई नेतृत्व तथा क्षमता विकासको तालिमले आफ्नो घर परिवार, छिमेक र समाजमा भइरहेका विभिन्न बिकृतिहरुलाई न्यूनिकरण गर्न सहज हुने र आफ्नो अधिकारको सुनिश्चितताको लागि सहयोग पु¥याउने भएको हुँदा तालिमको आयोजना गरिएको श्री सिद्धिपुर सामाजिक महिला बिकास संस्थाकी अध्यक्ष सिता न्यौपानेले बताइन् ।

तालिम सिद्धिपुर सामाजिक महिला बिकास संस्थाको आयोजना तथा बाणगंगा नगरपालिकाको सहयोगमा नगरपालिकाको वडा नं. ४ स्थित सिद्धिपुरमा माघ ३ गतेदेखि शुरु भएको तालिमको माघ ५ गते समापन गरिएको हो । तालिममा सहभागिहरुले छोटो समयमा धेरै कुराहरु सिक्न पाएको भन्दै आयोजक संस्था र नगरपालिकालाई धन्यवाद दिएका छन् । संस्थाकी अध्यक्ष सीता न्यौपानेको अध्यक्षतामा बुद्धदर्पण राष्ट्रिय दैनिकका सम्पादक पार्वती पाण्डे, संचारिका समूहका सचिव सेरिफ केसी, संस्थाका पदाधिकारीहरु , नगरका ११ वटै वडाका महिला दिदीबहिनीहरु गरी ४२ जनाको सहभागिता रहेको थियो भने उक्त समापन कार्यक्रमको संचालन संस्थाका सचिव नमूना पौडेलले गरेकी थिइन् ।