शुद्दोधन गाउँपालिकामा रास्ट्रपति कप सम्पन्न

मेचीकाली संवाददाता

५ माघ २०७९, बिहीबार
360 shares


तुलसीराम पौडेल —
शुद्दोधन ,माघ ५
रुपन्देहीको शुद्दोधन गाउँपालिकाद्वारा आयोजित रास्ट्रपति कप छनौट प्रतियोगिता बिहिवार एक कार्यक्रम बीच समापन भएको छ।सो अवसरमा शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले शुद्दोधन गाउँपालिकालाई खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा पहिचानको रूपमा स्थापित गर्नुपर्ने बताउनु भयो ।
सम्पन्न रास्ट्रपति कप छनौट प्रतियोगितामा तिलोत्तमा अङ्ग्रेजी मावीले प्रथम स्थान हासिल गर्न सफल भएको छ।त्यसै गरि लिटल फ्लावर्स अङ्ग्रेजी मावी दोस्रो भएको छ भने फर्साटिकर मावी तेस्रो स्थान हासिल गर्न सफल भएको छ। रास्ट्रपति कप प्रतियोगिता अन्तरगत १०० मि दौड मावी छात्र छात्रा ,४०० मिटर दौड मावी छात्र छात्रा ,१०० मिटर दौड निमावी छात्र छात्रा ,४०० मिटर दौड निमावि छात्र छात्रा ,शटपुट मावी छात्र छात्रा,लङ्जम्प मावी छात्र छात्रा ,भलिबल मावी छात्र ,लङ्जम्प निमावी छात्र छात्रा ,हाइजम्प मावी छात्र छात्रा लगायतका प्रतियोगिताहरु भएका थिए । प्रतियोगितामा सामुदायिक र सस्थागत गरि १७ वटा विद्यालयहरुले भाग लिएका थिए।शुद्दोधन गाउँपालिका प्रवक्ता एवं वडा नम्बर -४ का वडा अध्यक्ष केशव अधिकारीको अध्यक्षता, गाउँपालिका प्रमुख बिष्णु प्रसाद बस्यालको प्रमुख आतिथ्यता,शिक्षक महासघ शुद्दोधन गाउँपालिका अध्यक्ष खिमानन्द भुसालको आतिथ्यता, गाउँपालिका शिक्षा प्रमुख चन्द्रकान्त पौडेलको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन फर्साटिकर माविका शिक्षक लिलाधर न्यौपानेले गर्नुभएको थियो ।