निलाे र एभिनिर फुटबल क्ल्व फाइनलमा 

मेचीकाली संवाददाता

६ माघ २०७९, शुक्रबार
260 shares

मुक्ति न्यौपाने 

स्याङजा । स्याङ्जाको वालिङमा जारी पहिलो वालिङ गोल्डकप राष्ट्रिय फुटवल प्रतियोगितामा एभिनिर फुटवल क्लव क्यामरुन फाइनलमा पुगेको छ । वालिङ युनाइटेड क्लवले आयोजना गरेको पहिलो वालिङ गोल्ड कप राष्ट्रिय फुटवल प्रतियोगिता अन्तर्गत विहिबार भएको सेमिफाइनल खेलबाट एभिनिर फुटवल क्लव क्यामरुन फाइनलमा पुगेको हो ।

एभिनिरले आयोजक रातोलाई शुन्यका विरुद्ध दुई गोल गर्दै फाइनलकोे यात्रा तय गरेको हो । अब एभिनिरले आयोजक निलोसँग शनिबार फाइनलमा भिड्ने छ । आयोजक निलो बुधबार सम्पन्न सेमिफाइनल खेलमा विभागीय क्लव शसस्त्र प्रहरी बलको एपिएफलाई हराएर फाइनलमा पुगेको छ।

खेल सुरु भएको एक मिनेटमा एभिनिरका आनिसेले गोल गर्ने मौका पाएका थिए । आनिसेको फ्रिकिक प्रहार गोलपोष्टको पिलरमा लागेर फर्केको थियो । एभिनिरले सुरुदेखि नै आयोजक रातोलाई दवावमा पारेपनि पहिलो हाफ गोल रहित सकियो । आयोजक रातोको डिफेन्स र गोलकिपरको कुशलताले पहिलो हाफमा कुनैपनि गोल हुन सकेन ।

आयोजक रातोलाई कम्जोर ठानेको एभिनिरले निर्धारित समय सकिन ५ बाँकि रहँदासम्म गोलको लागि संघर्ष गर्नुप¥यो । सजिलै जीत निकाल्ने दाउमा रहेको एभिनिरका लागि ८५ औं मिनेटमा आएर  टिम्वाले पहिलो गोल गर्न सफल भए । खेलको ९० मिनेटपछि ८ मिनेट थप गरियो । यसपछिको ५ मिनेटमा एभिनिरका सावाले गोललाई दोव्वर पारे । यो गोलसँगै एभिनिरले आयाृेजक रातोलाई शुन्यका विरुद्ध दुई गोल गरी फाइनलमा पुगेको हो । 

आजको सेमिफाइनल खेलमा एभिनिरका सावा म्यान अफ द म्याच घोषित भए । पहिलो वालिङ गोल्ड कप राष्ट्रिय फुटवल प्रतियोगितामा स्थानीयसहित ८ टीमको सहभागिता रहेको थियो । सहभागी टीममा विभागीय क्लव त्रिभुवन आर्मी, शसस्त्र प्रहरी बल (एपिएफ), साहरा फुटवल क्लव पोखरा, केबिए बीएफएस चितवन, लिस्नु क्लव कोटिहवा रुपन्देही, एभिनिर फुटवल क्लव क्यामरुन र आयोजक निलो र रातोसहित  ८ समूह थिए । 

प्रतियोगिताको विजेताले रु ५ लाख र उपविजेताले २ लाख पचास हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । ठूलो धन राशीसहितको राष्ट्रियस्तरको यो पहिलो फुटवल खेल हाे ।